Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

समाचार

सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट, मन्त्रिपषिद्को पूर्णता कहिले पाउने ?

२० आश्विन, काठमाडौँ –सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भएको छैन। ‘मन्त्रालयको भागबन्डामा सहमति भएको छ,’ एक नेताले भन्नुभयो, ‘तर घटस्थापनाअघि मन्त्रिपरिषद्ले पूर्णता पाउने देखिँदैन।’ सहमतिअनुसार नेपाली काँग्रेसले प्रधानमन्त्रीसहित आठ मन्त्रालय पाउने भएको […]

यी हुन् माओवादीले पाउने बाँकी तीन मन्त्रालय,को बन्लान् मन्त्री ?

१९ आश्विन,काठमाडौं – सरकारलाई पूर्णता दिन सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ। यसअघि दुई मन्त्रालय पाइसकेको माओवादी केन्द्रले तीन मन्त्रालय पाउने भएको छ। स्रोतका अनुसार माओवादी केन्द्रले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपन्छी गरी तीन मन्त्रालय पाउने भएको छ । माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ । बाँकी […]

बाघको आक्रमणबाट चितवनमा एकको मृत्यु

१९ आश्विन,चितवन – मंगलबार दिउँसो पौने १ बजे खैरहनी नगरपालिका वडा नम्बर १३ कुमरोज सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको हो घाँस-दाउरा लिन जानेक्रममा सोही ठाउँका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सो खबर पाएपछि आठ वटा हात्तीसहित प्रहरी र सेनाको टोली खटिएको थियो। खोज्ने […]

कांग्रेसमा पौडेल पक्षबाट यी बन्दैछन् मन्त्री,सुजाता कोइराला आउट

१९ आश्विन,काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज-भोलि नै सरकारलाई पूर्णता दिनेगरि गृहकार्य थाल्नुभएको छ। आज बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डा गरिसकेको छ। मोटामोटी मन्त्रालयको बाँडफाँडसमेत गरिसकेकोले प्रधानमन्त्री सम्बद्ध पार्टीका शीर्ष नेताहरुलाई मन्त्रीको नाम दिन भनएको छ । नयाँ सहमतिअनुसार कांग्रेसले ६, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले ५-५ वटा […]

जसपाले पायो चार मन्त्रालय (सूचिसहित)

१९ आश्विन,काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले चार वटा मात्रै मन्त्रालय पाएको छ । अहिले अपरान्ह बसेको जसपाको संसदीय दलको बैठकपछि नेता राजकिशोर यादवले आफ्नो पार्टीले चार वटा मात्रै मन्त्रालय पाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘आज विहान बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकमा मन्त्रालय भागबण्डा मिलेको छ । हाम्रो भागमा चार वटा मन्त्रालय परेको छ। […]

महन्थ ठाकुरको लोसपा पनि सरकारमा सहभागी हुने,कतिवटा मन्त्रालय पायो ?

१९ आश्विन,काठमाडौं – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको लोसपाले सरकारमा नजाने बताउँदै आएको थियो । तर, पछिल्लो समय प्रधानमन्त्री देउवाले लोसपाका शीर्ष नेताहरुसँगको छलफलमा सरकारमा सहभागी हुन गरेको आग्रहअनुसार लोसपा पनि सरकारमा जाने भएको छ । आज विहान बसेको सत्तापक्षीय गठबन्धनको […]

भौतिक पूर्वाधार मन्त्रालय नपाए यादवको पार्टी सरकारमा नजाने

१९ आश्विन,काठमाडौं – सत्तापक्षीय गठबन्धनमा मन्त्रालयको भागबण्डा टु्ँगो लागेपनि कुन मन्त्रालय कुन पार्टीले लिने भन्नेबारे अन्तिम सहमति भएको छैन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नपाए सरकारमा नै नजाने भएको छ । आज (मंगलबार) विहान भएको गठबन्धनका शीर्ष नेताहरुको सहमतिअनुसार कांग्रेसले ६ वटा मन्त्रालय पाएको छ । […]

पछिल्लो २४ घण्टामा एक हजार १ सय १४ जना निको भए

१९ आश्विन,काठमाडौं – एक हजार ११४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.६ प्रतिशत छ। नेपालमा थप नौ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नौ सय ६८ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १६ हजार ४२ जनाको कोरोना परीक्षण […]

खोज पत्रकारिता केन्द्रमा नयाँ कार्यसमिति

१९ आश्विन,काठमाडौं – खोज पत्रकारहरूको संस्था, खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले नयाँ कार्यसमिति चयन गरेको छ। ललितपुरमा मंगलबार सम्पन्न केन्द्रको साधारण सभाले चन्द्र किशोर झाको अध्यक्षतामा सर्वसम्मत रुपले नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रामेश्वर बोहरा चयन हुनुभएको छ। त्यसैगरी, सदस्यहरुमा हरिबहादुर थापा, लक्ष्मी बस्नेत, भृकुटी राई, […]

एक दिनका लागि ६२ जना किशोरीले स्थानीय तहमा जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दै

१९ आश्विन,काठमाडौं – मुलुकभरका ६२ जना किशोरीले एक दिनका लागि स्थानीय तहमा जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दैछन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा अक्टोबर ११ तारिखका दिन प्लान इन्टरनेशनलले हामी दाजुभाइसँगको सहकार्यमा गर्न लागेको ‘गल्स टेकओभर’ कार्यक्रम अन्तरगत ६२ जना किशोरीले जनप्रनिधिको जिम्मेवारी सम्हालन लागेका हुन् । सुनसरी, सिन्धुली, बाँके, बर्दिया, जुम्ला, मकवानपुर र कालीकोट जिल्लाका ३१ स्थानीय […]