Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

समाचार

काठमाडौंबाट २ सय ७ जना पक्राउ,४६ जना जेल चलान

 १८ आश्विन, काठमाडौँ – काठमाडौंबाट दुई सय सात जना पाकेटमार तथा चोरहरू पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो। सोमबार परिसरमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। दसैं-तिहारमा घर फर्किनेहरूको पाकेटमार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात […]

कति छ आज सुनचाँदीको मूल्य ?

१८ आश्विन, काठमाडौँ – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ। सुन आइतबार दुई सयले बढेको थियो। गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार तीन सयले बढेको थियो। मंगलबार तीन सयले घटेको थियो भने बुधबार एक सयले घट्यो। यस्तै बिहीबार दुई सयले घटेको थियो। शुक्रबार ९ सयले बढेको थियो। आज छापावाला सुनको […]

खुकुरी प्रहार गरी एक मजदूरको हत्या

१८ आश्विन, रुपन्देही – रुपन्देहीको शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एकजना मजदूरको हत्या गरिएको छ । उक्त घटनामा अर्का एक जना घाइते भएका छन् । वडा नं ३ बेतानीमा रहेको स–मिलमा काम गर्दै आएका पश्चिम नवलपरासीस्थित सुस्ताका अवधेश चमारको खुकुरी प्रहारबाट मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो । गएराति ११ बजे सोही […]

स्रोत नखुलेको २३ लाख रकमसहित एक जना पक्राउ

१८ आश्विन, कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिका( २ बसपार्कबाट स्रोत नखुलेको २३ लाख रकमसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले आइतबार दिउँसो २ बजे कालो झोलामा उक्त रकम बरामद गरेको हो । रकमसँगै बुद्धभूमी नगरपालिका(९ धमौलीका २२ वर्षीय जीवनप्रसाद भुसाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज […]

‘ट्याक्स हेभन’ मुलुकमा लगानी गर्ने नेपाली को-को हुन् ?

१८ आश्विन, काठमाडौं – ब्रिटिश भर्जिन आइल्याण्डको गोल्ड टाइम्स ग्लोबल लिमिटेडमा पुल्चोक ललितपुरका राजेन्द्र शाक्यको लगानी रहेको भेटिएको छ । कम्पनीका निर्देशक रहेका उनले कम्पनीमा लगानी गर्ने क्रममा नेपाली पासपोर्ट प्रयोग गरेका छन् । सन् २०१० मा निर्देशकका रूपमा कम्पनीमा भित्रिएका शाक्यको कम्पनीको रजिष्टर्ड एजेन्ट ब्रिटिश भर्जिन आइल्याण्डकै ओभरसिज म्यानेजमेन्ट कम्पनी ट्रष्ट हो । शाक्य […]

शाहरूख खानका छोरा आर्यन लागुपदार्थ प्रकरणमा पक्राउ

१७ आश्विन,मुम्बई – बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान मुम्बई क्रुज ड्रग्स छापाुमा मुछिएका छन्। इन्डिया टुडे अनुसार भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एउटा पानी जहाजमा आकस्मिक छापा मार्ने क्रममा शाहरूख खान पुत्र आर्यन पनि पक्राउ परेका हुन्। भारतीय सञ्चार माध्यमहरुमा प्रकाशित खबर अनुसार जहाजमा लागुपदार्थ प्रयोगको सूचना पाएपछि एनसिबीका क्षत्रीय प्रमुख वानखेडेसहितका […]

सुरक्षा योजना लागू,चार सय प्रहरी परिचालन

 १७ आश्विन, काठमाडौं –जिल्ला प्रहरी कार्यालय बैतडीले चाडपर्व लक्षित ‘सुरक्षा योजना’ लागू गरेको छ । कार्यालयले विभिन्न १८ बुँदे कार्ययोजना सार्वजनिक गर्दै सुरक्षा योजना लागू गरेको हो । दसैँतिहार तथा छठ पर्वको समयमा जिल्लामा मादक पदार्थ बिक्रीवितरण तथा ओसार–पसार र सेवन, विस्फोटक पदार्थ ओसारपसार, जुवाजन्य खेलहरु, चोरी, तस्करी, खाद्यान्नको कृत्रिम अभाव तथा कालोबजारी, सवारी दुर्घटना […]

मन्त्रिपरिषद् विस्तार : अझै मिलेन भागबण्डा

१७ आश्विन, काठमाडौं –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौपटक मुलुकको प्रधानमन्त्री बनेको आज (आइतबार) ८३ दिन पूरा भयो । सामान्यतया नयाँ सरकार गठनको सुरूआती १ सय दिनको अवधिलाई ‘हनिमुन पिरियड’ भन्ने चलन छ । ‘हनिमुन पिरियड’ सकिन २ सातामात्रै बाँकी रहँदा प्रधानमन्त्री देउवाले भने मन्त्रिपरिषदलाई पूर्ण दिनसमेत सक्नुभएको छैन ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, […]

२५ लाख रुपैयाँ बराबरको पटाकासहित काठमाडौंबाट एक पक्राउ

१७ आश्विन, काठमाडौं –काठमाडौंमा पटका भण्डारण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले एक जनालाई शनिबार राति पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो। सर्लाही रामनगर गाउँपालिका वडा नम्बर-१ घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद यादवलाई पक्राउ गरेको हो। यादव कागेश्वरी मनोहरामा कवाडी पसल […]

राजविराजमा अख्तियारविरूद्ध मसाल जुलुस प्रदर्शन

१७ आश्विन, सप्तरी – मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी ९जसपा० का युवाहरूले शनिबार साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् । जिल्लाका पार्टी निकट विद्यार्थी तथा युवाहरूले मसाल जुलुस प्रदर्शन गरेका हुन् । मसाल प्रदर्शन गर्ने क्रममा उनीहरूले ओलीको अख्तियार गुण्डा मुर्दावाद, मधेशविरोधी अख्तियार मुर्दावाद, संघीयता विरोधी अख्तियार […]