Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

खोटाङ हलेसीमा बस दुर्घटना : एकको मृत्यु, २२ घाइते

११ बैशाख, काठमाडौँ – खोटाङ हलेसी तुवाचुङ नगरपालिका- १ कदुवास्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ। शनिबार बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालकसहित ३९ जना यात्रु बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ जना घाइते र १६ जना सामान्य घाइते भएका छन् । बा ३ ख ९२८५ नम्बरको […]

पूर्वराजा ज्ञानेन्द दम्पती नर्भिक अस्पताल भर्ना

११ शाख, काठमाडौं – भारतको हरिद्वारबाट केही दिनअघि फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना हुनुभएको छ । शाह दम्पती दुबैमा कोभिड–संक्रमण पुष्टि भए पछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । पूर्वराजाका संवाद सचिव फणि पाठकका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना गरिएको छ । भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना […]

जापानमा सङ्कटकाल घोषणा

१० वैशाख, एजेन्सी – जापानमा कोरोनाभाइरसको महामारी पुनः तीव्र रुपमा फैलिँदै गएपछि फेरि सङ्कटकालको घोषणा गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि सङ्कटकालको घोषणा गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओसाका, क्योटो र ह्योगोमा सङ्कटकाल घोषणा गरिएको हो । एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक सङ्कटकाल […]

यी हुन् ओलीले बनाएका स्थायी कमिटी सदस्य, बादल र रायमाझी पनि थपिए

१० बैशाख, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बनाएका छन् । स्थायी कमिटी सदस्यमा माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा रहेका नेताहरु भने छैनन् । स्थायी कमिटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल […]

वर्षापछि खुलेको काठमाडौंबाट यस्तो देखियो हिमाल (फोटोफिचर)

१० बैशाख, काठमाडौँ – पछिल्ला दिनमा काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वर्षा हुँदै आएको छ। काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बिहीबार बिहान केही घण्टासम्म वर्षा भएको थियो ।   यो वर्षासँगै काठमाडौं उपत्यकाको वायुमण्डल सफा देखिएको छ । धुलो, धूवाँ तथा अन्य प्रदूषणले गर्दा काठमाडौं उपत्यकाका वायुमण्डलमा प्राय तुवाँलो लागिरहेको हुन्छ । लामो समयसम्म […]

ताप्लेजुङमा गोली हानी शिक्षकको हत्या

१० वैशाख, ताप्लेजुङ – ताप्लेजुङमा एक जना शिक्षकको हत्या भएको छ । मेरिङदेन गाउँपालिका-२ सान्थाक्रामा ५० वर्षका खड्गबहादुर लिम्बुको हत्या भएको हो । काकाका छोरा २९ वर्षका प्रताप लिम्बुले खड्गबहादुरको हत्या गरेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार खड्गबहादुर लिम्बु जालपा आधारभूत विद्यालयमा पढाउनु हुन्थ्यो ।

मौसम : बेलुकी केही ठाउँमा पानी पर्ने सम्भावना

१० वैशाख, काठमाडौं – आज देशका धेरैजसो स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुसँगै भित्रिएको जलवाष्पयुक्त वायुका कारण हिजो देशभर बदली भए पनि आज मौसम सुधारिने विभागले जननाएको छ । प्रि-मनसुनको असरले पश्चिमी भेगमा बेलुकीपख हावाहुरी, मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको भने […]

नेपाली सहयोगी हातद्धारा खुर्कोटका माधवलाई सामग्री सहयोग

१० बैशाख, काठमाडौँ – मेरुदण्ड पक्षघात भएर बिगत ६ वर्षदेखि बिस्तारामा परेका पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटका ३७ वर्षिय माधव गिरीलाई बिभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्त्रण गरेको छ । सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको सकारात्मक परिवर्तनका लागि नेपाली सहयोगी हातले चलाएको अभियानबाट संकलन भएका बिभिन्न सामग्रीहरु गिरीको घरमै पुगेर हस्तान्त्रण गरेको अभियानका सदस्य आशिष शर्माले जानकारी दिए […]

राष्ट्रियसभा उपनिर्वाचन ६ जेठमा हुने

९ बैशाख, काठमाडौँ –  राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि ६ जेठमा निर्वाचन हुने भएको छ । सरकारको सिफारिसअनुसार आयोगले ६ जेठका लागि निर्वाचन गर्ने जानकारी गराएको हो । राष्ट्रियसभा निर्वाचनका लागि राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसार निवेदन दिन आयोगले सूचित गरेको छ । निवेदनका लागि आयोगले १० वैशाखदेखि १४ वैशाखसम्म समय दिएको […]

मन्त्रिपरिषद् बैठक बालुवाटारमा शुरू

९ बैशाख, काठमाडौँ – बालुवाटारमा बिहीवार साँझ मन्त्रिपरिषद् बैठक शुरू भएको छ । बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ  । बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालले राखेका मागका विषयमा छलफल हुने एक मन्त्रीले  जानकारी दिनु भयो । बैठकमा कोरोना भाइरस संक्रमण रोकथामको अवस्था र उपाय तथा अन्य नियमित एजेन्डाबारे […]