समाचार
ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
६ फागुन, काठमाडौँ – काठमाडौँको ढुंगेअड्डामा भेटिएका दुईवटा शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज पारेको छ । कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकरलाई सेनाको विशेष टोलीले डिस्पोज गरेको हो । शुक्रबार बिहान कालिका पेट्रोल पम्प नजिकै प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो । जेब्रा झोला र चामलको बोरामा भेटिएका […]
चुनाव मितिविरूद्ध परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश
४ फागुन, काठमाडौँ – सरकारले तोकेको स्थानीय तहको निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता नगर्ने सर्वोच्च प्रशासनको निर्णय इजलासले उल्ट्याइदिएको छ। यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको महोत्तरीको भङ्गाहा नगरपालिका(२ का सञ्जीवकुमार साहको रिट दर्ता गर्न न्यायाधीश ईश्वर खतिवडाको इजलासले आदेश दिएको छ। सरकारले वैशाख ३० गते तोकेको स्थानीय तहको निर्वाचन मिति तोकेको थियो। साहले आफ्नो नगरपालिका […]
घरायसी झगडामा चक्कुले आफ्नै बाबुको घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ
४ फागुन, दाङ – प्रहरीले ६३ वर्षीय बाबुलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाँउपालिका-३ बस्ने १९ वर्षीय गोपाल मगर रहेका छन् । बुधबार दिउँसो १ बजे घरायसी झै-झगडामा मगरले तरकारी काट्ने चक्कुले आफ्नै बाबुको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले बताए […]
नयाँ शैक्षिक सत्र वैशाखबाटै, पठनपाठन जेठदेखि
४ फागुन, काठमाडौं – सरकारले नयाँ शैक्षिक सत्रको विद्यालय पठनपाठन आगामी जेठ १ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ यद्यपि शैक्षिक सत्र भने वैशाखदेखि नै सुरु हुने भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । शिक्षामन्त्रीका प्रेस संयोजक विमल खड्काका अनुसार बैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने र […]
एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिन १० लाख रुपैयाँ दर्ता दस्तुर
४ फागुन, काठमाडौँ – गैरआवासीय नेपाली संघ ९एनआरएनए० को आगामी चैत १२ र १३ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने व्यक्तिले मनोनय पत्र दर्ता गर्दा १० लाख रुपैयाँ दस्तुर बुझाउनु पर्ने भएको छ । एनआरएनएले आज निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिनेले १० लाख रुपैयाँ दस्तुर बुझाउनु पर्ने जनाएको हो । चैतमा […]
यूएई जाने कामदारले विमानस्थलमा र्यापीड कोरोना परीक्षण गर्नुनपर्ने
४ फागुन, काठमाडौँ – नेपालबाट यूएई जाने यात्रुले विमानस्थलमा कोभिड(१९ को र्यापीड पीसीआर परीक्षण गर्नु नपर्ने भएको छ । पछिल्लो समय यूएईले गरेको निर्णयअनुसार काठमाडौँबाट दुबई यात्रा गर्ने यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान समयभन्दा ६ घण्टाअघि गर्दै आएको र्यापीड पीसीआर परीक्षण गर्नु नपर्ने भएको हो । नेपाल एयरलाइन्सले फागुन १ देखि नै यो नियम कार्यान्वयनमा […]
पर्यटनमन्त्री आलेको निर्णय विरुद्ध सर्वोच्च पुग्यो होटल याक एण्ड यती
४ फागुन, काठमाडौं – सरकारले रोयल्टी नतिरेको भन्दै सेवा बन्दको निर्देशन रोक्न होटल याक एण्ड यतीले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। होटलले क्यासिनोको स्वामित्व आफ्नो नरहेको जिकिर गर्दै होटल बन्द गर्न पर्यटन मन्त्रालयले गरेको निर्णय गैरकानुनी भएको जिकिर गरेको छ। होटलका कानुनी सल्लाहकार रमन कर्णले होटल र क्यासिनो फरक फरक रहेको र निश्चित राजनीतिक […]
रुसद्वारा युक्रेनको सिमानाबाट सेना फिर्ताको घोषणा
४ फागुन, काठमाडौं – युक्रेनको सिमानाबाट पहिलो पटक सेना फिर्ता गर्ने घोषणा गरेको एक दिनपछि रुसले बुधबार मस्कोमा गाभिएको क्रिमियामा सैन्य अभ्यास समाप्त भएको र सैनिकहरू फर्किएका बताएको छ। मस्कोको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार दक्षिणी सैन्य जिल्लाका एकाइहरू, रणनीतिक अभ्यासमा आफ्नो सहभागिता पूरा गरिसकेपछि, तिनीहरूको स्थायी तैनाती बिन्दुहरूमा सर्दै छन्। सरकारी टेलिभिजनले […]
पछिल्लो २४ घण्टामा १६०० जना कोरोना संक्रमणमुक्त
४ फागुन, काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६०० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण भएको थियो । यसैगरी कोरोना संक्रमणबाट थप ३ जनाका मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित […]
इमर्जिङ नेपालको आईपीओ बाँडफाँड
४ फागुन, काठमाडौँ – इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँड भएको छ । कम्पनीले गत माघ २६ गते बुधबारदेखि फागुन १ गते, आइतबारसम्म जारी गरेको एक सय रुपैयाँ अंकित ५ लाख ५५ हजार ६ सय कित्ता सेयर आज बाँडफाँड भएको हो । जसमध्ये ५१ हजार ६३८ जनाले कम्पनीको सेयर हात पारेका छन् । […]



