Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

मेचीनगरकी महिलाको कोरोनाबाट मृत्यु

१२ कात्तिक  काठमाडौँ – मेचीनगर नगरपालिका ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको बुधबार कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बिर्तामोडस्थित बि एण्ड सी हस्पिटलमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै साता  बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले जानकारी दिए ।  निमोनिया सङ्क्रमण पत्ता लागेपछि उनलाई सघन उपचार […]

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि

११ कात्तिक गण्डकी – गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या छ हजार ७९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा नवलपरासी९बर्दाघाट सुस्ता पूर्व०का ५५, कास्कीका नौ, बाग्लुङका पाँच, म्याग्दीका चार, स्याङ्जाका तीन […]

चितवनमा एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

११ कात्तिक काठमाडौँ – चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो । श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना हुनुभएका उहाँको आज बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा।दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँलाई […]

मुलुकमा ५ सय ७० संक्रमित थपिए

११ कात्तिक  काठमाडौं,  मुलुकमा थप ५ सय ७० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ७० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । दसैंको विदाका कारण पीसीआर परीक्षण कम हुँदा कम्ति […]

काठमाडौंमा ९० प्रतिशत सक्रिय संक्रमित घरमै, १ सय २१ को मृ’त्यु

१० कात्तिक काठमाडौ‌ं – काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंका हुन थालेका छन् । अहिले उपत्यकामा प्रत्येक दिन २ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन् । यो हप्ता लगातार उच्च विन्दुमा संक्रमित काठमाडौंमा थपिएका छन् । देशभरका संक्रमितको करिब ७० प्रतिशत काठमाडौं उपत्यकामा भेटिन थालेका हुन् । काठमाडौंमा अहिले […]

कोरोना संक्रमित एक महिलाको मृत्यु

८ कात्तिक काठमाडौँ – जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी गराउनुभएको छ । एकाएक ज्वरोका साथै श्वास प्रश्वासमा कठिनाइ भएपछि ति महिलालाई शुक्रवार बिहान सो प्रादेशिक अस्पतालमा भर्ना […]

गण्डकीमा संक्रमितको संख्या ६ हजार ४ सय ५९

८ कात्तिक काठमाडैँ – गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४७७ पुगेको छ । प्रदेशमा तीन हजार ८१५ जना […]

होम आइसोलेनमा बसेका घरबाहिर निस्कन थाले : काठमाडौँ र ललितपुरमा सङ्क्रमितको व्यवस्थापनमा चुनौती

८ कात्तिक काठमाडौँ – काठमाडौँ र ललितपुर महानगरपालिका क्षेत्रभित्र कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । बाक्लो बस्तीले भौतिक दूरी कायम गर्न कठिन भएको तथा दशैँ लगायतका चाडपर्वको चहलपहल र प्रभावले बजारमा नागरिकको बाक्लो उपस्थिति हुुँदा कोरोना सङ्क्रमितको व्यवस्थापनमा चुनौती बढेको हो । “सङ्क्रमितलाई अहिलेसम्म आवश्यक सहयोग गर्ने काम गरिरहेका छौँ”, ललितपुर […]

थप ३ कोरोना संक्रमितको मृत्यु

७ कात्तिक काठमाडौँ – मोरङ र चितवनमा थप तीन संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा दुई जना र चितवनमा थप एक संक्रमितको मृत्यु भएको हो । नोबेल मेडिकल कलेज विराटनगरका ब्यवस्थापक नारायण दाहालका अनुसार शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकमा फोक्सो र […]

काठमाडौं उपत्यकामा थप १५ सय ५२ जनामा संक्रमण

६ कात्तिक काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ हजार २ जना ८३ संक्रमित थपिएका छन् भने […]