स्वास्थ्य
महामारीका बेला भ्रष्टाचार गर्ने हत्यारा हुन् : डब्लूएचओ
६ भाद्र एजेन्सी-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले महामारीका बेला व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्ने व्यक्तिहरु अपराधी भएको बताउनुभएको छ । विभिन्न देशमा स्वास्थ्य सामग्री खरिद र वितरणमा भएको अनियमितताबारे सोधिएको प्रश्नमा उहाँले कुनै पनि प्रकारको भ्रष्टाचार सहन सकिँदैन । तर मेरा लागि पीपीईमा गरिएको भ्रष्टाचार हत्यासरह […]
कोरोना भाइरस २ बर्षसम्म रहदैन : डब्लूएचओ
६ भाद्र एजेन्सी-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वमा कोरोना भाइरस २ वर्षभन्दा कम समय मात्र रहने जनाएको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले शुक्रबार जेनेभामा भएको पत्रकार सम्मेलनमा कोरोना भाइरसको महामारी ‘स्पेनिस फ्लू’ को महामारीभन्दा छिटो नियन्त्रणमा आउने बताउनुभएको हो । महानिर्देशक गेहब्रेयससले अहिलेको आधुनिक प्रविधिका कारण भाइरसको नियन्त्रण छिटो हुनेमा आफू आशावादी रहेको […]
नेपालमा कोरोना भाइरसबाट मृत्य हुनेको संख्या १ सय ७ पुग्यो
१ भदौ काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ । पछिल्लो २४ घण्टामा बिभिन्न तीन जिल्लामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १ सय ७ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटमा ३२ बर्षीय पुरुष , मोरङमा ६० बर्षीय पुरुष र काठमाडौंमा ५८ बर्षीया […]
विभिन्न स्थानमा निषेधाज्ञा, उपत्यकाको न्युरोड र टेकु क्षेत्र सिल गर्न सिफारिस
२४, श्रावण काठमाडौँ-उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले विभिन्न जिल्ला र क्षेत्रमा निषेधाज्ञासँगै अत्यावश्यकबाहेकका सार्वजनिक सेवा प्रवाह बन्द गरेको छ । निजी तथा सरकारी, सार्वजनिक सेवामा कार्यरत पदाधिकारी र कर्मचारीबाहेक ट्राभल हिस्ट्री नदेखिएकाहरूमा पनि संक्रमण पाइएपछि उच्च जोखिममा परेका स्थान सिल गरिएको हो । साथै विभिन्न जिल्लामा सरकारी कार्यालयबाट दिइने सेवा समेत बन्द […]
काठमाडौंमा ८ जना कोरोना संक्रमित बेपत्ता
२३, श्रावन काठमाडौं – कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ। बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो। बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार ८ जना सम्पर्कमा आएका छन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग […]
देशभर कोभिड संक्रमितको संख्या २१ हजार नाघ्यो
२०, श्रावन काठमाडौं – थप २५९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। मंगलवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २५९ थपिएको बताए। योसँगै नेपालमा २१ हजार ९ जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ। मन्त्रालयले थप एक जना संक्रमितको मृत्यु भएको जनाएको छ। मृतकको संख्या ५८ पुगेको छ। २४ […]
वीरगञ्जमा नेपाली सेना, डाक्टर, पत्रकारसहित ३४ जनामा कोरोना पुष्टि
श्रावन , २० वीरगञ्ज । पछिलो २४ घण्टामा पर्सामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा नेपाली सेना, डाक्टर, थुनुवा र पत्रकारसमेत रहेका छन् । नारायणी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरु बालकदेखि युवाअवस्था सम्मका रहेको नारायणी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार संक्रमितहरु वीरगञ्जस्थित चण्डीप्रसाद गणमा कार्यरत नेपाली […]
वीरगंजमा कोरोना संक्रमितको डायलासिस सुरु
१९ श्रावन पर्सा वीरगंजमा कोरोना संक्रमित मिर्गौलाका बिरामीहरुको डायलासिस सुरु गरिएको छ । कोरोना संक्रमित बिरामीहरुको डायलासिस गर्दा चिकित्सकसमेत जोखिममा रहन्छन् । समयमा डायलासिस नभए बिरामीको ज्यानसमेत जान सक्छ, त्यसैले आफू पनि सुरक्षित रहदैँ डायलासिस सुरु गरिएको अस्पतालका डा. निरज सिंहले बताउनुभयो । विगत केही दिनदेखि नारायणी आस्पतालमा डायलासिस गराइरहेका ३ जना बिरामी र त्यहाँ […]
कोरोना परिक्षण प्रयोगशालाकै प्राविधिकसहित सातजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
१९ श्रावन काठमाडौँ प्रदेश २ मा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । सोमबार मात्रै १ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । जसमा सबैभन्दा धेरै पर्सामा ३८ जना नयाँ संक्रमित फेला परेका हुन् । त्यसपछि धनुषा र महोत्तरीमा ३०/३० जना नयाँ संक्रमित भेटिएका सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश २ मा […]
विराटनगर कोशी अस्पतालमा एक संक्रमितको मृत्यु
श्रावन, १९ काठमाडौं – विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा उपचारार्थ एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर महानगरपालिका-५ का कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका चिकित्सक दीपक सिग्देलले जानकारी दिएका हुन्। यससँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि मोरङ जिल्लाकै सुनवर्षी नगरपालिकाका एक संक्रमितको उपचारकै क्रममा […]



