Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

कास्कीमा ८७ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

२७ साउन, काठमाडौँ – कास्की जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड, २५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले भेरोसेलको दुवै डोज खोप लगाएका हुन् । कोरोना निवारणका लागि कार्यस्थलमा खटेका, लक्षित वर्ग र विभिन्न उमेर समूहका व्यक्तिलाई प्राथमिकता […]

महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माण हुने

२५ साउन, काठमाडौँ – महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालु आर्थिक वर्ष २०७८/७९ मा बालबालिकालाई लक्षित गरी रु ९० लाखको लागतमा ५० शय्याको अस्पताल भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि निर्माण सेवा कम्पनीसँग ठेक्का […]

आजदेखि कोभिसिल्डको दोस्रो डोज लगाइँदै

२५ साउन, काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने जानकारी दिएको छ । मन्त्रालयका अनुसार यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगत खोप महाशाखाले भुटानबाट खोप आइसकेकाले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर […]

काठमाडौं उपत्यकामा १० हजार सक्रिय संक्रमित

२४ साउन, काठमाडौँ – काठमाडौं उपत्यकामा अहिले १० हजार सक्रिय कोरोना संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरि १० हजार एकजना सक्रिय संक्रमित छन् । काठमाडौंमा सबैभन्दा धेरै ७ हजार ३९ सक्रिय संक्रमित छन् भने ललितपुरमा १ हजार ७०३ र भक्तपुरमा १ हजार २५९ जनामा संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या […]

म्याद नाघेको किट अस्पतालद्वारा फिर्ता, अस्पताल भन्छः स्वास्थ्य कार्यालयले सामान नै दिँदैन

१९ साउन, काठमाडौं– कोभिड–१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक्तपुर अस्पताललाई पठाएको भन्दै अस्पतालले कार्यालयलाई किट फिर्ता पठाएको छ । कोरोना बिरामीको […]

चौबीस घन्टामा ३,१२५ सङ्क्रमित, १,९२५ सङ्क्रमणमुक्त

१८ साउन, काठमाडौं– नेपालमा गएको २४ घन्टामा तीन हजार १२५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार ८११ जनामा परीक्षण गर्दा तीन हजार १२५ जनामा सङ्क्रमण देखिएको हो । यस्तै गत २४ घण्टामा एक हजार ९२५ जना यो सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म […]

डा. जागेश्वर गौतम कोभिड युनिफाइड अस्पतालका प्रशासकीय अधिकारीबाट हटाइए

१८ साउन, काठमाडौं– डा. जागेश्वर गौतम कोभिड युनिफाइड अस्पतालका प्रशासकीय अधिकारीबाट हटाइएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. जागेश्वर गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयका आधारमा डा. गौतमलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा. गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको हो । […]

थपिए २५६८ नयाँ संक्रमित, थप १८ को मृत्यु

१७ साउन, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षणमा १ हजार ९८१ र ४ हजार २३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २ हवार ५६८ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी कोरोना संक्रमणका कारण पछिल्लो […]

स्वास्थ्य मन्त्रालयको निर्देशनः खोप लगाएको प्रमाणीकरण निशुल्क गर्नु

१७ साउन, काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरूद्धको खोप लगाएको प्रमाण पत्र वितरण गर्दा शुल्क नलिन सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले आइतबार एक सूचना प्रकाशन गर्दै मन्त्रालयले केही अस्पतालहरूले खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क लिने गरेको जनगुनासो आएको भन्दै ती अस्पताललाई शुल्क नलिन भनेको छ। अहिले उपत्यकाका टेकु, पाटन, सिभिल र एपिएफ […]

भुटानले नेपाललाई ३ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने

१७ साउन, काठमाडौं– भुटानले नेपाललाई कोरोना भाइरसविरुद्ध अक्सफोर्ड अस्ट्राजेनेका कम्पनीको ३ लाख डोज खोप सहयोग उपलब्ध गराउने भएको छ। भुटानले आफ्ना नागरिकलाई लगाइसकेपछि बाँकी रहने खोप नेपाललाई सहयोगस्वरुप दिने भएको हो। ती खोप चाँडै ल्याउनेगरी कूटनीतिक पहल भइरहेको सरकारी स्रोतले जनाएको छ। यस विषयमा गत शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा पनि […]