Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

पर्यटन

पर्यटन विकासमा फड्को मार्दै धौलागिरि

काठमाडौँ – धौलागिरि क्षेत्र पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गएको छ । साविकको धौलागिरि अञ्चलका म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा पछिल्लो एक दशकमा दुई दर्जनभन्दा बढी मानवनिर्मित र प्राकृतिक पर्यटकीयस्थलको पहिचान, व्यवस्थापन र निर्माण भएपछि यस क्षेत्रले पर्यटन विकासमा फड्को मार्दै जान थालेको हो । कास्कीको नयाँ पुल तरेपछि सुरु हुने धौलागिरि क्षेत्रमा अहिले दुई […]

स्वर्गको एक टुक्रा , गोक्यो ताल !

गोक्यो ताल नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो ।रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक र चर्चित छ  । सगरमाथा राष्ट्रिय निकुन्ज भित्र रहेको यो ताल समुन्द्र सतहबाट ४,७००-५,००० मिटर (१५,४००-१६,०० फिट) उचाइमा रहेको छ । यस क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन, यी तालहरू विश्वमै अग्लो स्थानमा पाइने […]

‘सुन्दर, स्नीग्ध र शितल जिरी’

कृष्णा चौलागाईं भनिन्छ– कति कुरा नभनेरै मिठा मिठा लाग्छ । त्यस्तै कति कुरा नलेखेरै अमेट छाप बन्दो रहेछ । जिरी यात्रा मेरो लागि त्यस्तै बन्यो । जिरी घुमेको एक वसन्त पूरा भयो । पृथ्वीले सूर्यलाई  एक फन्को मार्यो । तर मेरा हात दुई पाइला पनि अघि बढेन । जिरीको कुरा निस्किने बित्तिकै मन फुरुङ्ग हुन्थ्यो […]

पर्यटकको आकर्षक बन्दै ‘अनैकोट भ्यू टावर’

बनेपा – काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१ स्थित दृश्यावलोकन स्तम्भ ‘अनैकोट भ्यू टावर’ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । भ्यू टावरबाट वरपरका सुन्दर दृश्य अवलोकन गर्न सकिने साथै बिहानी सूर्योदय पनि हेर्न मिल्ने भएकाले पर्यटन विकासको उच्च सम्भावना बोकेको यो क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्न थालेको छ । सो टावरबाट […]

बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल

काठमाडौँ – बडादसैँसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दसैँका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा दसैँ सुरु भएयता चहलपहल बढ्दै गएको छ । अन्य समयमा प्रायः सुनसानजस्ता […]

रामेछापको सुन्दर पर्यटकीय गन्तब्य पाँचपोखरी (फोटोफिचर)

रामेछाप – नेपालका घुम्नैपर्ने ठाउँ रामेछापमा धेरै छन् । त्यसमध्ये रामेछापको जटापोखरी र पाँचपोखरी घुम्नैपर्ने पर्यटकीय गन्तव्यस्थल हो । रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा रहेका पोखरीहरूले धेरैलाई लोभ्याउने गरेका छन् । पाँचपोखरी तथा जट्टापोखरी प्रकृतिका उपहार हुन् । पाँचपोखरीको चर्चा हुने गरे पनि चुचुरेमा रहेका जट्टापोखरी, जुम्ल्याहापोखरी, कालपोखरी, जोरपोखरी, दूधपोखरी, रत्नपोखरीको भने उचित प्रचार हुन सकेको […]

सत्यवती ताल : जहाँ मनमनै होइन, चिच्याएर वर मागिन्छ !

काठमाडौँ – लुम्बिनी प्रदेश, पाल्पा जिल्ला, तिनाउ गाउँपालिका ४ स्थित सत्यवती ताल धार्मिक आस्थाको केन्द्र हो । कार्तिक पूर्णिमाका दिन तालको वरिपरि बाँस र पातीका लिंगा गाडेर भक्तजनहरुले भीडमा चिच्याउँदै र भाकल गर्दै जंगलको बीचमा रहेको तालको परिक्रममा गर्ने प्रचलन रहँदै आएको छ । सत्यवतीबज्यै अर्थात सत्यवती देवीको बासस्थान “सत्यवती ताल” हो भनेर भन्ने धार्मिक […]

विश्वकै कम उचाइमा रहेको कफुचे हिमताल

कास्की – कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दावी गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात्रामा पुग्न सकिने भएका कारण […]

पर्यटकको पर्खाइमा सैलुङ (फोटोफिचर)

काठमाडौँ – हरियो अग्ला– अग्ला पहाडहरु । थरीथरीका फुलहरु । यहाँ पुग्ने हरकोही सैलुङको सुन्दरतामा मन्त्रमुग्ध हुन्छन् । सयौ वर्ष पहिले ऋषिमुनीहरु तपस्यामा थिए । कलि युगसँगै ऋषिमुनीहरु पाप देख्न नपरोस् भनेर त्यही ठाउँमा बिलिन भए । तीनै ऋषिमुनी बिलिन भएका प्रत्येक ठाउँमा थुम्का निस्किए र तामाङहरुले ती थुम्कालाई शैलुङ नामाकरण गरे भन्ने किम्बदन्ती छ […]

‘हेभन इज मीथ, शैलुङ इज रियल’

कृष्णा चौलागाईं काठमाडौँका दुई–चार कुनामा मात्र आफूलाई सीमित बनाएको धेरै भएको थियो । कोठा, कार्यालय र केही साथीभाइको जमघटबाहेक अन्त जाने ठाउँ र समय नै कहाँ थियो र ? बिहानै आँखा मिच्दै अफिस गयो, ८ घण्टा काम ग¥यो । अर्को अफिस आयो, प्रोजेक्टको काम ग¥यो । यस्तैमा व्यस्त दिनचर्या । दिनचर्याहरु व्यस्त मात्र हैन, अस्तव्यस्त […]