राजनीति
सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आयो : प्रचण्ड
२३ फागुन काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको टिप्पणी गर्नु भएको छ । संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा जवाफ दिनु हुदै प्रचण्डले सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टीबारे गरेको फैसलाको राम्रोसँग अध्ययन गर्न बाँकी नै रहेको बताउनु भयो । ‘फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी […]
नेकपा नाम सर्वोच्चले दियो कट्टेललाई
२३ फागुन काठमाडौँ – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम ऋषि कट्टेललाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट जारी गरेको सर्वोच्चको वेवसाइटमा जनाइएको छ । रिट जारी गर्नु भनेको उहाँको माग अनुसार निर्णय सुनाउनु हो । झण्डै २ वर्षदेखि विचाराधीन नेपाल कम्युनिष्ट पार्टीको नामको मुद्दामा आइतबार सर्वोच्च अदालतमा […]
शिक्षा र स्वास्थ्य निजी क्षेत्रलाई दिनु हुँदैनः मुख्यमन्त्री गुरुङ
२३ फागुन काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतासँग प्रत्यक्ष जोडिएका शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण विषय निजी क्षेत्रलाई संचालन गर्न दिन नहुने बताउनु भएकोा छ । आइतबार पोखरा महानगरपालिका–१९ घार्मीमा रहेको लामाचौर स्वास्थ्य चौकीको रजत जयन्ती तथा नवनिर्मित भवनको उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले विपदका वेला सरकारी अस्पतालले खेलेको भुमिका प्रशंसनीय […]
सरकार र म प्रति कु दृष्टि राख्नेले भाषण इडिट गरी बदनाम गरे :वनमन्त्री आले
२३ फागुन काठमाडौं – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाउनुभएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौँमा आयोजना गरेको १० औँ महाधिवेशन तथा २१ औँ वार्षिक साधारणसभामा बोल्नुहुँदै उहाँले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासङ्घको कार्यक्रममा आफूले बोलेको भाषण तोडमोड गरी बदनाम गराउने उद्देश्यले कु […]
नेकपाका दुवै समुह संसद बैठकमा एकै लहरमा बस्ने
२३ फागुन काठमाडौं – नेकपाका दुवै समुह, ओली समुह र दाहाल–नेपाल (समुह) का सांसदहरु आइतबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा सत्ता पक्षकै लहरमा बस्नुपर्ने भएको छ । आइतबार संसद सचिवालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले सत्तारुढ नेकपाका दुवै पक्ष सत्ता पक्ष कै लहरमा बस्नुपर्ने जानकारी दिनु भयो । निर्वाचन आयोगबाट पार्टी […]
विप्लवको सुरक्षामा १० जना प्रहरी खटाईयो
२३ फागुन काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को सुरक्षामा इन्स्पेक्टरको नेतृत्वमा १० जना प्रहरी खटिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उहाँलाई सुरक्षा दिइरहेको छ । एक प्रहरी अधिकारीले भने,“भर्खरै वार्तामा आएकाले अहिले उहाँमाथि सुरक्षा जोखिम हुन सक्छ त्यसैले सुरक्षा दिइरहेका छौँ । विस्तारै सहज बन्दै गएपछि संख्या घटाउँदै लैजान्छौं […]
पुर्वसभामुख महरा र विप्लवबीच भेटवार्ता
२३ फागुन काठमाडौं – पुर्वसभामुख कृष्णबहादुर महरा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच आइतबार भेटवार्ता भएको छ । महरालाई भेट्न विप्लव उहाँकै निवास पुग्नु भएको थियो । सरकारसँग भएको तीनबुँदे सहमतिसँगै विप्लव शुक्रबार सार्वजनिक हुनु भएको थियो । पछिल्लो दुई दिन यता विप्लव भेटघाटमा व्यस्त हुनुहुन्छ । महारा र विप्लव दुवै पूर्वमाओवादीका […]
प्रचण्ड-नेपाल समूह र कांग्रेसले प्रधानमन्त्री ओलीलाई राजीनामाका लागि अवसर दिने
२३ फागुन काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा राजीनामाको लागि अवसर दिइने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाको प्रचण्ड(माधव नेपाल समूहको समझदारीअनुसार आइतबारको संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लगिने छैन । आइतबारको बैठकमा प्रधानमन्त्रीको मनोविज्ञान हेरेपछि राजीनामा नदिने संकेत पाए मात्र अविश्वास प्रस्ताव लैजाने उहाँहरुको तयारी छ । “अहिलेलाई अविश्वास प्रस्ताव […]
प्रचण्ड र नेपालद्वारा सभामुख सापकोटासँग भेटवार्ता
२३ फागुन काठमाडौँ – प्रतिनिधि सभाको आइतबार ४ बजे बस्ने बैठकको पूर्व सन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नु भएको छ । आइतबार बिहान प्रचण्ड र नेपालले सभामुख सापकोटालाई भेट्नु भएको हो । सत्तारुढ दल नेकपा दुई पक्षमा विभाजित भएपछि आजको संसद […]
नामजस्तै कामको परिणम हुनुपर्छ : मन्त्री तामाङ
२३ फागुन काठमाडौँ – युवा तथा खेलकूदमन्त्री दावा तामाङले नामजस्तै कामको परिणाम देखाउन सक्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताउनु भएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सूचनाको हकसम्बन्धी गोष्ठीमा उहाँको मातहतमा रहेका कर्मचारीलाई युवाहरुले नामजस्तै काम दिन युवामा ऊर्जा भएकाले त्यतातर्फ लाग्नुपर्ने बताउनु भएको थियो । ‘मिटिङ राम्रो हुनका लागि इटिङ […]



