समाचार
खोप लिन निगमको जहाज आज चीन जाँदै
६ साउन, काठमाडौं– कोभिड–१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लिन आज राती नेपाल वायुसेवा निगमको जहाज चीन जाने भएको छ । नेवानिको जहाज न्यूनतम १० लाख डोज साइनोफार्म कम्पनीको खोप लिन चिन प्रस्थान गर्ने भएको हो । निगमका अनुसार उक्त जहाज भोलि बिहान ६ बजे खोप लिएर काठमाडौं आइपुग्ने तालिका छ । यस्तै पुनः भोलि राती […]
डेल्टा भेरियन्टविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप कति प्रभावकारी ?
एजेन्सी– जोन्सन एण्ड जोन्सनद्वारा उत्पादित कोरोना खोप (जान्सेन) कोरोना संक्रमणका निकै संक्रामक डेल्टाविरुद्ध निकै कम प्रभावकारी रहेको पाइएको छ । मंगलबार सार्वजनिक एक अध्ययन अनुसार उक्त खोप डेल्टा भेरियन्टविरुद्ध ३३ प्रतिशतमात्र प्रभावकारी रहेको पाइएको हो । यस अध्ययनअनुसार दुई डोज दिनुपर्ने खोप लगाएका मानिसहरुमा जान्सेन खोपको तुलनामा एन्टिबडीको मात्रा पनि दोब्बरभन्दा बढी देखिएको थियो । […]
इदको अवसरमा आज सार्वजनिक बिदा
६ साउन, काठमाडौँ – सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका […]
नेपाल भारत सुरक्षाकर्मी बीच सीमामा भेटवार्ता
६ साउन, काठमाडौँ – सीमावर्ती बासीको समस्या बारे बुझ्न सिरहामा नेपाल भारत सुरक्षाकर्मी बीच सीमामा भेटवार्ता भएको छ । कोरोना भाइरस कोभीड़ -१९ संक्रमण जोखिमले नेपाल भारत सीमा नाका सील रहेको बेला सीमावर्ती स्थानीयहरु भोगदै आएको समस्या बारे मंगलवार भारतीय सुरक्षाकर्मी सीमा सुरक्षा बल (एसएसबी) र नेपाल तर्फको सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बीच […]
श्रीगजेन्द्रमोक्ष संस्कृत परिषद्ले कविता वाचन कार्यक्रम गर्ने
५ असार, काठमाडौं– श्रीमुक्तिनाथ पीठ वेद विद्याश्रम, त्रिवेणीधाम नवलपुरका विद्यार्थीहरूद्वारा संगठित श्रीगजेन्द्रमोक्ष संस्कृत परिषद्ले गुरुपुर्णिमाको पुर्वसन्ध्यामा श्रावण ८ गते कविता वाचन कार्यक्रम आयोजना गर्ने भएको छ । प्रतियोगितामा गुरु वा आचार्य शीर्षकमा सहभागीले कविता लेख्न अनिवार्य गरिएको छ भने अनुष्टुव भए १० र अन्य छन्दको प्रयोग गरिए ६ वटा पद्यमात्र समावेश हुनुपर्ने परिषद्ले बताएको छ […]
साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा
५ साउन, काठमाडौं– कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । मंगलबार बसेको बोर्डको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउने बोर्डका उपनियन्त्रक सुवास पन्तले जानकारी दिए । कक्षा १२ को परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ […]
राष्ट्रिय युवा संघको विस्तारित भेला सुरु
५ साउन, काठमाडौं– राष्ट्रिय युवा संघ नेपालको अन्तर जिल्ला विशेष प्रदेश कमिटी बिस्तारित भेला सुरु भएको छ । काठमाडौंको बानेश्वरस्थित अल्फा हाउसमा सुरु भएको राष्ट्रिय युवा संघ नेपालको अन्तर जिल्ला विशेष प्रदेश कमिटी बिस्तारित भेलामा पुर्व मन्त्री महेस बस्नेत राष्ट्रिय युवा संघ अध्यक्ष किरण पौडेल, उपाध्यक्ष पुष्प शाही, बचनबहादुर सिंह लगायत नेकपा एमाले अध्यक्ष ओलिनिकट […]
बाग्लुङमा विषाक्त मदिरा सेवनबाट ४ मजदुरको मृत्यु
५ साउन, काठमाडौं– बागलुङमा एक खानेपानी आयोजनामा काम गर्दै आएका चार जना मजदुरको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको छ। गलकोट नगरपालिका वडा नम्बर ७ मल्मको एक खानेपानी आयोजनामा काम गर्ने मजदुर २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो। […]
रामेछापका ४२ सय घरपरिवारलाई चूजि फाउन्डेशनको सहयोग
५ साउन, काठमाडौं– ताइवानस्थीत चूजि फाउण्डेशनको सहयोगमा रामेछापको लिखु तामाकोशी गाँउपालिकाकाका ४२ सय घर परिवारलाई राहतस्वरुप खद्यान्न सामाग्री वितरण गरिएको छ । फाउण्डेशनले आर्थिक रुपले बिपन्न तथा बाढिपहिरो र कोरोना प्रभावित स्थानीयलाई फाउण्डेशनले राहत सामाग्री वितरण गरेको हो । असार १० गतेदेखि सुरु भएको राहत सामाग्री वितरण कार्यक्रम करिव २५ दिनसम्म चलेको थियो । राहत […]
वाणिज्य विभागद्वारा ४ हजार ७ सय ७९ व्यापारिक फर्मको अनुगमन
५ साउन, काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७÷०७८ मा ४ हजार ७ सय ७९ व्यापारिक फर्मको बजार अनुगमन गरेको जनाएको छ । विभागले र विभाग अन्तर्गतका पाँचओटा कार्यालयले गत आर्थिक वर्षभरिमा अनुगमन गरिएका कम्पनीहरुको तथ्यांक सार्वजनिक गरेको हो । अनुगमन गरिएका व्यापारिक फर्ममध्ये ५१ वटा कम्पनीको कारोवार रोक्का गरिएको, १ हजार […]



