Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टि

८ असार, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा नेपालमा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल १६ हजार ९१३ जनाको पीसीआर र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा थप संक्रमित फेला परेका हुन्। यस्तै आज निको हुनेको संख्या आज ४ हजार ९५४ रहेको छ । गएको २४ घण्टामा कुल ४१ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले […]

संसद विघटनपछि गरिएको मन्त्रिपरिषद् विस्तार तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

असार ८, काठमाडौं– संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद् विस्तार तत्काललाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चमा मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको यो फैसलासँगै विघटनपछि नियुक्त भएका २१ जना मन्त्री स्वतः पदमुक्त भएका […]

६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई तत्काल कोभिशिल्डको दोस्रो डोज देऊः सर्वोच्च

८ असार, काठमाडौं– कोभिशिल्ड खोपको पहिलो डोज खोप लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले कोभिशिल्डको पहिलो डोज लगाइसकेका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप व्यवस्था गरी तत्काल उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको हो । ६५ वर्ष […]

सेयर बजार ‘बाउन्स ब्याक’, नेप्से ७९.४३ अंकले बढ्यो

८ असार, काठमाडौं– लगातार पाँच दिनदेखि घटेको सेयर बजार अन्ततः ‘बाउन्स ब्याक’ भएको छ । सेयर कारोबार परिसूचक नेप्से आज फेरि ७९ दशमलव ४३ अंकले बढ्दै ‘बाउन्स ब्याक’ भएको हो । नेप्से आज २ हजार ९१३ दशमलव ८४ विन्दूमा पुगेर बन्द भएको हो । सुरुवातको केही मिनेट उत्तारचढाव देखिएको बजार केही समयपश्चात नै उकालो लाग्न […]

क्लबहाउसमा प्रहरीको फोटो दुरुपयोग गरेको आरोपमा एक पक्राउ

८ असार, काठमाडौं– क्लबहाउसमा प्रहरी अधिकारीहरुको फोटो दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायणका २० वर्षीय इशान श्रेष्ठ रहेको प्रहरी जनाएको छ । क्लब हाउसमा विभिन्न प्रहरी अधिकारीहरुको फोटो दुरुपयोग गरी सोसियल र ओपन रुम बनाएर गलत सुचना प्रवाह गरेको अभियोगमा साइबर ब्युरोले उनलाई समातेको हो । पछिल्लो समय […]

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

८ असार, काठमाडौं– प्रहरीले चोरी मुद्दामा फरार प्रतिवादीलाई धनगढीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने महेश राना रहेको प्रहरीले जनाएको छ । फरार प्रतिवादी चोरी मुद्दामा १९ दिन कैद र १ लाख ६ हजार १ सय २३ जरिवाना ठहर भई फरार रहेका थिइ । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको […]

दाङमा जारी निषेधाज्ञा एक साता लम्बियो

८ असार, काठमाडौं– दाङमा जारी निषेधाज्ञा एक साताका लागि लम्ब्याइको छ । जिल्ला प्रशासन कार्यालय दाङले जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै लम्ब्याइएको हो । यो सँगै दाङमा जारी निषेधाज्ञा असार १५ गतेसम्म लागू हुने भएको हो । हाल कायम रहेको निषेधाज्ञा आजदेखि सकिदैँछ । जिल्ला प्रशासनले भोली देखि लागू हुनेगरी लम्बिएको निषेधाज्ञामा बजार भने बिहान […]

मन्त्रिपरषद् पुनर्गठनविरुद्धको रिटमा आजदेखि सुनुवाइ

८ असार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक रहेको भन्दै परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रकाश कुमार ढुंगानाको बेञ्चमा पेशी तोकिएको छ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नु अवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमाथि […]

ओलीको पुनरावेदन निवेदनमाथि आज आनन्दमोहन र हरि फुयालको इजलासमा सुनुवाइ हुँदै

८ असार, काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको पुनरावेदन निवेदनको आज सुनुवाई हुँदैछ । सर्वोच्च अदालतले न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि प्रसाद फुयालको संयुक्त इजलासमा सुनुवाई उक्त निवेदनको सुनुवाइ गर्दैछ । एमाले अध्यक्ष ओलीले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारवाहीलाई मान्यता नदिने सर्वोच्चको अन्तरिम आदेशमा पुनरावेदनका लागि निवेदन दिनुभएको […]

आजबाट पठाओ र टुटल सेवा सञ्चालनमा

८ असार, काठमाडौं – आजदेखि पठाओ र टुटल सञ्चालनमा आएका छन् । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आएको हो । सरकारले निजी सवारीमा जोरबिजोर लागु गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको कम्पनीले बताएको छ । काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओको बैठकले निजी सवारी […]