Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

आर्थिक

बागमती प्रदेशले खोप उपलब्ध गराउन २ अर्ब बजेट

१ असार, काठमाडौँ – आगामि आर्थिक वर्षमा बागमती प्रदेश सरकारले सबै नागरिकलाई कोरोनाभाइरस विरुद्धको भ्याक्सिन लगाउने योजना बनाएको छ । आज आर्थिक बर्ष २०७८ /०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले खोप व्यवस्थापनको लागि २ अर्ब बजेट घोषणा गर्नुभएको हो  ।    

धितोपत्र कारोवार भइरहेका ५१ कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण

१ असार, काठमाडौं– धितोपत्र कारोवार भइरहेका ५१ कम्पनीमा लगानी गर्न जोखिमपूर्ण रहेको नेपाल नेपाल धितोपत्र बोर्डको अध्ययनले देखाएको छ । पछिल्लो समय धितोपत्र कारोवार भइरहेका ५१ कम्पनीको बजार मूल्यमा प्रभाव पर्नुमा सेयर ‘कर्नरिङ’ हुने गरेको औंल्याउँदै बोर्डले आज प्रतिवेदन सार्वजनिक गरेको हो । केही आधारभूत पक्षहरु नदेखिए पनि केही कम्पनीहरुको सेयर मूल्य अस्वभाविक रुपमा बढाइएको […]

खानेतेलमा अत्यधिक मूल्यवृद्धि

३१ जेठ, काठमाडौँ – घ्यू तथा खानेतेलमा अत्याधिक मात्रामा मूल्यवृद्धि भएको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ । बैंकका अनुसार २०७७ को वैशाखको तुलनामा गत वैशाखमा  मासु तथा माछामा १७.१२ प्रतिशत , […]

२९ अर्ब हाराहारीको बजेट ल्याउदै सुदूरपश्चिम सरकार

३१ जेठ, काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट २९ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ। सरकारले चालू आर्थिक वर्षको भन्दा आकार घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो। असार १ गते प्रदेशले बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको अन्तिम तयारीमा जुटेको छ। आइतबारको प्रदेशसभा बैठकले नीति […]

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

३० जेठ, काठमाडौँ – लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो । यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलले आव २०७८/७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेका थिए । नीति तथा […]

कारोवार रकममा नयाँ रेकर्ड बनाउँदै नेप्से ३ हजार विन्दु नजिक

३० जेठ, काठमाडौं– सेयर कारोबार परिसूचक नेप्सेले आज फेरी कारोवार रकममा नयाँ रेकर्ड बनाएको छ । आज नेप्सेमा कुल १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६ सय ३६ रुपैयाँको कारोवार हुँदै नयाँ रेकर्ड कायम भएको हो । धितोपत्र कारोवार हुने सातको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले […]

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पास

२९ जेठ, काठमाडौँ – बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । नेकपा एमालेको दुवै पक्षका सांसदहरुले नीति तथा कार्यक्रमलाई समर्थन गरेका थिए । यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, विपक्षी दलहरु नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टीले भने नीति तथा कार्यक्रमको समर्थन गरेनन् । नीति तथा कार्यक्रममाथि राप्रपाका […]

तोलामा छ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

२८ जेठ, काठमाडौं– सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको बढेर आज शुक्रबारका लागि ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको भाउ ९४ हजार रुपैयाँ कायम गरिएको छ । बिहीबार तेजावी […]

आगामि वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

२६ जेठ, काठमाडौं– विश्व बैंकले आगामि आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।   विश्व बैंकले आर्थिक वर्ष २०२१÷२२ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । यस्तै आर्थिक वर्ष २०२२÷०२३ सम्ममा आर्थिक वृद्धिदर ५.१ प्रतिशतले पुग्ने विश्व बैंकको अनुमान रहेको छ । नेपालको आर्थिक वृद्धिदर २०२१ को […]

नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै बागमती प्रदेश

२७ जेठ, काठमाडौँ – बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आज विहिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । कार्यव्यवस्था परामर्श समितिमा छलफल गरी आज बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख प्रसाईंले […]