Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

आर्थिक

भीडभाड बढेका कारण कालीमाटी तरकारी बजारमा जोरबिजोर प्रणाली लागू

१३ जेठ, काठमाडौं– निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ। हिजो सोमबारदेखि लागू हुनेगरी बजारमा जोरबिजोर प्रणली लागू गरिएको हो । बजार सिमित समयका लागि खोलिए पनि भिड नघटेपछि जोरबिजोर प्रणली लागू गर्नुपरेको तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। जोरबिजोर प्रणली लागूभएसँगै अब कालीमाटी […]

६ अर्बबराबरको आइपिओ पाइपलाइनमा, हाइड्रोपावर मात्रै १३ कम्पनी

१३ जेठ, काठमाडौँ – १७ वटा कम्पनीका करिब ६ अर्ब रुपैयाँबराबरको आइपिओ पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिको पर्खाइमा १७ कम्पनीको ५ अर्ब ९६ करोड रुपैयाँबराबरका ५ करोड ९६ लाख कित्ता सेयर निष्कासनका लागि अनुुमतिको पर्खाइमा रहेको हो । जसमध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीका १३ कम्पनी रहेका छन् जसमध्ये मध्यभोटेकोसी जलविद्युत् कम्पनीको भने कोभिड–१९ का […]

१२ अस्पतालमा रकम निकासा

१० जेठ, काठमाडौँ – सरकारले थप १२ अस्पताललाई कोरोना भाइरसको रोथकाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद गर्न रकम निकासा गरेको छ ।  अर्थ मन्त्रालले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक,  एचडियू जडान  र पिसिआर मेसिन खरीद लागि थप  १२ अस्पतालका लागि आज रु ८ करोड १० लाख निकासा दिएको हो । यसरी रकम प्राप्त […]

सेयर बजारमा रेकर्डमाथि रेकर्ड, कारोवार रकम र परिसूचक दूवै अहिलेसम्मकै सर्वाधिक

१० जेठ, काठमाडौं– झिनो अंकले बढेको सेयर बजारले आज फेरी नयाँ रेकर्ड बनाएको छ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा एकैदिन १३ अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच हुँदै कारोवार रकममा नयाँ रेकर्ड बनाएको हो । गत वर्षको लकडाउन पश्चात उभो लाग्न थालेको बजारले पछिल्ला दिनमा एकपछि अर्को किर्तिमान राख्न थालेको छ । आज […]

राजनीतिक अस्थिरकाकै बीच सेयर बजारमा नयाँ रेकर्ड, नेप्से २८ सय माथि

९ जेठ, काठमाडौं– सेयर बजार परिसूचक नेप्सेले हालसम्मकै सर्वाधिक उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको छ । साताको पहिलो दिन आइतबार नेप्से २८ सय २० विन्दुमा पुग्दै रेकर्ड कायम गरेको हो । संसद विघटन र राजनीतिक अस्थिरका कारण बजारमा ‘प्यानिक सेल’ हुने आँकलन गरिए पनि बजार ऐतिहासिक रेकर्ड चुम्दै बन्द भएको हो । परिसूचक नेप्से बजार […]

जेठ १५ मा नै अध्यादेशमार्फत बजेट आउँछः प्रधानमन्त्री ओली

९ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७८÷०७९ का लागि अध्यादेश मार्फत बजेट ल्याउने बताउनुभएको छ । पत्रकारहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले यही जेठ १५ गते नै बजेट आउने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘१५ गते बजेट स्वाभाविक रुपमा अध्यादेशबाट नै आउने हो’ । बजेटमा पुराना र यसअघि घोषणा गरिएका कार्यक्रमहरुलाई नै प्राथमिकता दिइने […]

पूर्वमन्त्री बस्नेतद्वारा सांसद विकास कोषको पैसाले औषधि, अक्सिजन खरिद

५ जेठ, काठमाडौँ – सांसद विकास कोष (पूर्वाधार कार्यक्रम) अन्तर्गत रहेको रु १८ लाखमा औषधि, ग्यास सिलिण्डर खरिद गर्नमा खर्च गरिने भएको छ । पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले भेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरी मङ्गलबार नै रु १८ लाखको कार्यादेश पठाएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिनुभयो । उक्त रकमबाट ४० वटा सिलिण्डर, […]

सेयर कारोवार रकममा रेकर्ड बे्रक, एकैदिन ११ अर्ब बढीको कारोवार

४ जेठ, काठमाडौं– सेयर बजार परिसूचक नेप्सेले सर्वाधिक कारोवार रकमको रेकर्ड ब्रेक गरेको छ । मंगलबार सेयर बजारमा एकैदिन हालसम्मकै सर्वाधिक ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँ बराबरको कारोवार भएसँगै कारोवार रकमले रेकर्ड ब्रेक गरेको हो । बजार खुलेको पहिलो घण्टादेखि नै उत्साहित देखिएको बजार आज एकैदिन ३४ दशमलव ६८ अंकले […]

कोरोना कहरका कारण होटल व्यवसाय धरासायी हुने जोखिम, तेस्रो त्रैमाससम्ममा सोल्टीले व्यहो¥यो १३ करोड घाटा

३ जेठ काठमाडौं– कोभिड–१९ संक्रमणका कारण चल्न नपाएका ठूला होटलको आम्दानी ऋणत्मक देखिन थालेको छ । गत वर्षको कोरोना कहरका कारण पाँच महिना पूर्ण रुपले बन्द रहेका ठूला होटल यस वर्ष पनि कोरोनाकै कारण संचालन हुन नसकेका कारण आम्दानी दिन प्रतिदिन घट्दै गएको हो । आर्थिक वर्ष २०७७÷०७८ को तेस्रो त्रैमासिक विवरणमा ठूला होटलहरुको आम्दानी […]

सुनको भाउ आज स्थिर

१ जेठ, काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो । आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी आज चाँदीको मूल्य […]