Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

गुल्मीमा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु

लुम्बिनी – मुसीकोट नगरपालिकामा भएको ट्रयाक्टर दुर्घटनामा चालकको मुत्यु भएको छ। मृत्यु हुनेमा गुल्मी दरबार गाउँपालिका २५ वर्षीय मीनबहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार राति वडा नम्बर ७ ढल्केमा लु २ च ७६६५ नम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ ।

सिलबन्द गरिएकाे ससको बोतलमा सुर्तीको खोल

धौलागिरी – सिलबन्दी भएको बोतलभित्र बाहिरको समान रहेछ, त्याचे पनि सुर्तीको खोल भन्दा पत्यार नलाग्न सक्छ । तर म्याग्दीको एक पसलमा चाउमिनमा राख्न प्रयोग हुने ससको सिल नै नतोडिएको बोतलमा सुर्तीको खोल भेटिएको छ । रघुगंगा गाउँपालिको केन्द्र रहेको मौवाफाँटको खाजा पसलमा सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो । आइतबार दिउँसो खाजा खान गएका […]

तश्विरमा हेर्नुहोस् भुकम्प पछिकोे चागुनारायण

बाग्मती – नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायणमा छ। भक्तपुर नगरबाट ६ कि।मी। उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ ।  काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक […]

पत्रकारको भेषमा रहेका यस्ता कुपात्रहरूलाई वेलैमा नंग्याऊ : बाबुराम भट्टराई

सवाल सम्वाददाता  बाग्मती-पछिल्लो समय एभिन्युज टेलिभीजनमा अन्तरवार्ताका क्रममा समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव अन्तरवार्ताकोबीचमा स्टुडियोबाटै छोडेर हिडेको विषय निकै चर्चामा छ ।  भर्खरै बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालिन नयाँ शक्ति नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालिन संघिय समाजवादी फोरम नेपाल एक भई बनेको समाजवादी पार्टी नेपालले उपेन्द्र यादवलाइै अन्तरवार्ताका क्रममा सोधिएको […]

जानकीको जन्मोत्सव आज, के के गरिदै छ जनकपुरमा ? राष्ट्रपति पनि जनकपुरमा नै ।

सवाल सम्वाददाता जनकपुर- यस वर्षको जानकी नवमी जनकपुर सहित मिथिला क्षेत्रमा धुमधामका साथ मनाइँदैछ  । जानकीको जन्मोत्सवका रुपमा जानकी नवमी हरेक वर्ष झै यस वर्ष पनि मनाइएको हो ।  जनकपुरलाई विकासको दिशामा अघि बढाउन एवम् मिथिलाको धार्मिक सम्पदा, कला, संस्कृति र भेषभूषालाई उजागर गर्न जानकी जन्मोत्सवको आयोजना गरिएको छ । परापूर्वकालदेखि नै सीताको जन्मदेखि न्वारनसम्मको […]

सरकारले मास प्रिन्टर खरिद गर्दै, खरिदसंगै फारम भरेको २ हप्तामा नै स्मार्ट लाइसेन्स

बागमती । सरकारले दुई महीनाभित्रमा ‘मास प्रिन्टर’ खरीद गरिसक्ने भएको छ । सरकारले प्रिन्टर खरिद गरे संगै लामो समयसम्म स्मार्ट लाइसेनस नपाएर आजित भएको मानिसहरुको समस्या समाधान हुने भएको छ ।  स्मार्ट चालक अनुमतिपत्रका लागि फारम भरेर पनि नपाउनेको सङ्ख्या दिनदिनै बढिरहदा सरकारले दुई महीनाभित्रमा ‘मास प्रिन्टर’ खरीद गरिसक्ने जनाएको हो । ‘मास पिन्टर’ खरीदका […]

पाँचथरमा युवतीको घाँटी रेटिएको अवस्थामा शव फेला

मेची – पाँचथरमा युवतीको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ  । हिलहाङ गाउँपालिकामा घाँटी रेटेर एक युवतीको हत्या भएको हो । आइतबार बेलुकी वडा नम्बर ४ पञ्चमीकी १५ वर्षीया शीतल योङहाङको हत्या भएको जिल्लन प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शीतलको शव घाँटी रेटिएको अवस्थामा सडकमुनि फेला परेको प्रहरीले जानकारी दिए। दिउँसो साढे ४ […]

जीतपुरबाट तौलिहवा जादै गरेको मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

लुम्बिनी – जीतप्रबाट तौलिहवा जादैँ गरेको मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–६ रामापुरका ३२ वर्षीय शेषराम यादव र मायादेवी गाउँपालिका–७ रतनपुरका ४० वर्षीय सर्वजित यादव रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । तौलिहवा–जीतपुर सडकखण्डको कपिलवस्तु नगरपालिका–६, निगालिकोटमा आइतबार राति दुर्घटना भएको हो । […]

बाँदर मार्ने कि बचाउने ? बहस संसदसम्म, संरक्षणमा एक्लै उत्रिए रिजाल

सवाल सम्वाददाता बाग्मती- एकातिर बाँदरले मानिसलाई दुख दिएको भन्दै मार्ने अभियान चलेको छ भने अर्कातिर बाँदर मार्ने होइन बचाउने हो भन्दै बाँदरलाई आफ्नो सारथी ठान्ने व्यक्ति हुन् विश्वनाथ रिजाल । उनी केही वर्ष यता बाँदरको पक्षमा वकालत गर्दै आइरहेका छन् । हरेक वर्ष अन्तर्राष्ट्रिय बाँदर दिवस मनाउन छुटाउदैनन् । देश तथा विदेशबाट नेपाल घुम्न आएका […]

उपत्यकामा भेटिए हैजाका बिरामी, यस्ता हुन्छन् लक्षणहरु

सवाल सम्वाददाता बाग्मती-राजधानीमा दूषित पानी पिउँदा हुने हैजाका बिरामी फेला परेका छन् । ताहचलका ४५ वर्षीय एक पुरुषमा केही दिनअघि हैजाको जीवाणु देखिएको हो । पेट दुखेपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा  भर्ना भएका थिए । अस्पतालका अनुसार उनमा भिब्रियो कलेरा नामक ब्याक्टेरिया भेटिएको  अस्पतालले पुष्टि गरेको हो । गर्मी मौसममामा  दूषित […]