राजनीति
एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका तीन जना जनप्रतिनिधि पुनः एमालेमा
भदौ २३,धनगढी-कन्चनपुरमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका तीन जना जनप्रतिनिधिले पुनः एमालेमा नै बस्ने घोषणा गरेका छन्। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले एमालेमा नै बस्ने बताएका हुन्। एमालेमा फर्किने जनप्रतिनिधिहरूमा जिल्ला समन्वय समिति सदस्य डिट्ठा राना, लालझाडी गाउँ पालिका वडा नम्बर-३ का वडा सदस्य भगतराम चौधरी र शान्ती कामी रहेका छन्। तीनै जनाले […]
एमाले सांसदले नारावाजी नरोकेपछि फेरी १५ मिनेटका लागि बैठक स्थगित
२३ भदौ,काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि वुधवार बसेको संसदको दोस्रो बैठक पनि स्थगित भएको छ। एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि लागि स्थगित गरेका छन्। सभामुख अग्नि सापकोटाले एमाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारबाही गरेको निर्णयलाई प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो। अवरोधपछि […]
३० मिनेटसम्मका लागि स्थगित भयो राष्ट्रिय सभा बैठक पनि
२३ भदौ,काठमाडौँ-प्रमुख प्रतिपक्ष दल एमालेले अवरुद्ध पारेपछि राष्ट्रिय सभा बैठक पनि ३० मिनेटका लागि स्थगित गरिएको छ।बैठक सुरु हुनासाथ राष्ट्रिय सभामा एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए। त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए। सचेतक भट्टराईले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल फुटाउने,आफ्नो पार्टीले कारबाही गरेका १४ […]
एमालेद्वारा बैठक अवरुद्ध,सभामुखविरुद्ध नाराबाजी
२३ भदौ,काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिध सभाको बैठक अवरुद्ध गरेको छ। एमालेले सभामुखले आसनमा बसेर एमाले फुटाएको आरोप लगाएको छ। पार्टीले निष्कासन गरेका सांसदहरुलाई बैठकमा प्रवेश दिएको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका हुन्। सभामुख अग्नि सापकोटाले अदालतमा मुद्दा विचाराधिन रहेको उल्लेख गरेपनि एमाले सांसदहरु नाराबाजीमा उत्रिएका हुन्। सांसदहरुले सभामुखले फरक फरक व्यवहार […]
सिंहदरबारमा सुरु भयो सत्तारुढ गठबन्धनको बैठक
२३ भदौ,काठमाडौँ-सिंहदरबारमा सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, (मा.के)का अध्यक्ष प्रचण्ड, नेकपा (ए.स.)का अध्यक्ष माधव कुमार नेपाल, (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरु सहभागी भएका छन्। आज ४ बजे बस्ने संसदको बैठकमा कसरी प्रस्तुत हुनेलगायत विषयमा कुराकानी भइरहेको बताइएको छ। अहिले ताँतिरहेको एमसीसी सन्दर्भम […]
वाग्मतीमा थप ६ मन्त्री र चार राज्यमन्त्री नियुक्त,यी हुन् मन्त्रीका (अनुहार)
२३ भदौ,मकवानपुर-बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन्। एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठनसँगै अल्पमतमा परेकी शाक्यले बुधबार १० जनालाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद्को संख्या १२ पुगेको छ । शाक्यले रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदीलाई सामाजिक विकास मन्त्रालय, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन, वन […]
एमसिसी सम्झौता हामीले गरेका होइन : ओली
२३ भदौ,काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोगी परियोजना (एमसिसी) संसदबाट पारित गर्ने जिम्मा आफूहरूको नभएको बताएका छन्। बुधबार संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले एमसिसीबारे एमाले अग्रसर भइराख्नु नपर्ने बताए। ‘हामीले कुनै कुरा छलफलका क्रममा लैजान सक्छौं। एमसिसी अहिले छलफलमा आएको छ। बुद्धिजीवी र दलहरूलाई […]
६१ जनप्रतिनिधिले नेकपा एमाले त्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीमा
२३ भदौ,काठमाडौँ-नेकपा एमालेबाट सिरहाको स्थानीय तहमा निर्वाचित ६१ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन्। निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न पाउने उपलब्ध गराएको समय सीमाभित्र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्षसहित ६१ जनप्रतिनिधिले नेकपा एमाले त्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्। नेकपा एमालेबाट निर्वाचित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव र तीन […]
(एकीकृत समाजवादी)लोभ र अवसरवादीले बनाएको समूह हो,विष्णु पौडेल
काठमाडौं, २३ भदौ-नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले विभाजन भएको नभई नयाँ जीवनको शुरुआत गरेको बताएका छन्। प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले एमाले विभाजन नभई काँचुली फेरेर नयाँ जीवन पाएकोले अब नयाँ उत्साहका साथ अगाडि बढ्ने बताएका हुन्। उनले पार्टीबाट छुटेर गएकाहरू नआए पनि एमाले सिंगो र बलियो पार्टी […]
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने
२८ साउन, काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बिहीबार दिउँसो बुढानीलकण्ठमा बस्ने बैठकमा १४ औं महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिकाबारे छलफल गर्ने कार्यसूची छ । भदौ १६–१९ सम्मका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याउनेबारे कांग्रेसभित्र छलफल भइरहेको छ । बुधबार पार्टीका शीर्ष नेताहरुबीच महाधिवेशनका बारेमा घण्टौं छलफल भएको […]



