Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने स्वास्थ्यराज्यमन्त्रीको घोषणा

१८ साउन, काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने घोषणा गर्नुभएको छ । आज मन्त्रालयमा सार्वजनिक स्वास्थ्य र माहामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उहाँले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मी मात्र लिने जानकारी गराउनुभएको छ । “सवारीसाधन, आवास र तलब भत्तालगायत कुनै पारिश्रमिक, भत्ता र सुविधा नलिने […]

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु, माधव नेपाल समूह गएन

१८ साउन, काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार)मा सुरु भएको छ । बैैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, पूर्णबहादुर खड्कालगायतका नेताहरु सहभागि रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा एमाले नेता माधवकुमार नेपाल समूह भने उपस्थित छैनन् ।

महन्थ ठाकुरको मुद्धा आज हेर्न नभ्याइनेमा

१८ साउन, काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को विवादबारे महन्थ ठाकुरले दायर गरेको रिटको सुनवाईका लागि पेसी हेर्न नभ्याइनेमा परेको छ । पार्टी आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाका नेता महन्थ ठाकुरले दायर गरेको रिट सोमबार हेर्न नभ्याइनेमा परेको हो । सोमवार सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकिएको छ । निर्वाचन […]

दुई विधेयक पारित

१८ साउन, काठमाडौं– राष्ट्रियसभामा स्टाण्डर्ड नाप र तौल (पाचौँ सशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष पेश गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल हवाई सेवा प्राधिकरण, २०७६ र नेपाल नागरिक उड्डयन […]

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरे सरकारी सुविधा नलिने घोषणा

१८ साउन, काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । आज (सोमबार) आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सेवा सुविधा नलिने घोषणा गरेका हुन् । यो सँगै श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने भएका हुन् । मन्त्री श्रेष्ठले आफू मन्त्री रहुञ्जेल आफू संग्लग्न […]

साउन २७ गतेभित्र पार्टी सदस्यता नवीकरण गरिसक्ने एमाले बैठकको निर्णय

१७ साउन, काठमाडौँ – नेकपा(एमाले)ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सीमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले बताए । उनले भने– ‘स्थायी कमिटीको बैठक जारी छ । भोली पनि […]

राष्ट्रपति भण्डारीद्वारा प्रभुराम शर्मालाई कामु प्रधानसेनापतिमा नियुक्त

१७ साउन, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिनुभएको छ । राष्ट्रपति भण्डारीले शर्मालाई सैनिक ऐन, २०६३को दफा ८ को उपदफा ३ अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली […]

माओवादी केन्द्र : साउनमै सबै वडा कमिटीलाई पूर्णता दिन निर्देशन

१७ साउन, काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रले यही साउन ३० गतेभित्र देशभरका सबै वडा कमिटीलाई पूर्णता दिन निर्देशन दिएको छ । माओवादी केन्द्रको स्थायी समितिको बैठकले यस्तो निर्देशन दिएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले ६ हजार ७ सय ४३ वटै वडामा वडा कमिटी गठन गर्न निर्देशन दिएको हो […]

नेपालपक्ष र जसपालाई पर्खंदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको हो : श्रेष्ठ

१७ साउन, काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीलाई पर्खिँदा मन्त्रिपरिषद् विस्तारमा ढिलो भएको बताउनुभएको छ । आइतबार बसेको माओवादीको स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले जसपा र नेपाल पक्षले केही दिन पर्खिन भनेको बताउनुभयो। “जसपा र माधव नेपालपक्षलाई पर्खिएकाले मन्त्रिपरिषद् विस्तारका विषयमा ढिला […]

एमालेको स्थायी कमिटी बैठक स्थगित : पार्टीमा आइतबारसम्म माधव नेपाललाई पर्खने

१६ साउन, काठमाडौँ – शनिबार बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । विघटित एकता कार्यदल बैठकले तत्काल कमिटीको बैठक नबस्न आग्रह गरेसँगै आइतबार बस्नेगरी कमिटीको बैठक स्थगित गरिएको बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबार अपरान्ह ३ बजेका लागि कमिटीको बैठक बोलाएका थिए । पार्टी एकताको कुरा अघि बढिरहेको अवस्थामा […]