Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

शिक्षा

एसइई सञ्चालनको विकल्पबारे सुझाव तयार हुदैँ

१२ जेठ, काठमाडौँ – कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) बारे कार्यदलले काम गरिरहेकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक सत्र र परीक्षाबारे निर्णयमा पुग्न समस्या भएको जनाउँदै […]

वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउनुः त्रिवि

११ जेठ, काठमाडौं– त्रिभुवन विश्‍वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सम्पूर्णलाई अनुरोध गरेको छ । विश्वविद्यालयले एक विज्ञप्ती जारी गर्दै वैकल्पिक रुपमा परीक्षा गर्न र पठनपाठन सुरु गर्नका लागि अनुरोध गरेको हो । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाबाट जारी विज्ञप्तीमा, ‘वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका […]

भौतिक उपस्थितिमा एसईई परीक्षा हुने सम्भावना न्यूनः शिक्षामन्त्री श्रेष्ठ

१० जेठ, काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले यस वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्यून रहेको बताउनुभएको छ । उहाँले भौतिक रुपमा परीक्षा गर्ने सम्भावना न्यून रहेकोले अहिले विभिन्न विकल्पमा छलफल भइरहेको बताउनुभयो । आज एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको ज्ञापन पत्र बुझ्दै मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाका विषयमा […]

आधारभूत तहका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनमार्फत गर्ने काठमाडौं महानगरको निर्णय

५ जेठ, काठमाडौं– भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएपछि काठमाडौं महानगरपालिकाले आधारभूत तह(कक्षा ८) को नतिजा आन्तरिक मूल्याङ्कनमार्फत गर्ने भएको छ । परीक्षा सञ्चालन सम्भव नभए पछि महानगरपालिकाले कक्षा ८ को मूल्यांकन विधि तय गरेको हो । महानगरको शिक्षा शाखाले मूल्याङ्कनमा पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकनको अभिलेखबाट ४० प्रतिशत […]

‘च्यालेन्ज फर चेन्ज’ले राष्ट्रिय कविता प्रतियोगिता गर्दै

२६ वैशाख, काठमाडौँ – च्यालेन्ज फर चेन्जले राष्ट्रिय कविता प्रतियोगिता गर्ने भएको छ । कोरोनाका कारण विद्यार्थीहरु घर भित्र मात्र सीमित भइरहेको बेला विद्यार्थीहरुको सक्रियता बढाउनका लागि च्यालेन्ज फर चेन्जले राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्न लागेको हो । त्रिमुर्ति एकेडेमी र ग्लोबल पीस फाउण्डेसनको संयोजकत्वमा सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा प्रथम हुनेले […]

विद्यालय भवन पुनर्निर्माण ९० प्रतिशत सम्पन्न

२० वैशाख, काठमाडौँ – गोरखा भूकम्प गएको छ वर्षको अवधिमा यहाँ ९० प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ ।  विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १५६ वटा विद्यालयमध्ये १०६ वटा विद्यालयका भवन पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । एकाइका प्रमुख अशोक पराजुलीले जिल्लामा १० प्रतिशत […]

रुकूम पूर्वमा परीक्षा सञ्चालन

१७ बैशाख , काठमाडौँ –  कोरोना महामारीका बीच रुकुम (पूर्व) का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा शुरु गरिएको हो । कक्षा १० सम्म पठनपाठन सञ्चालन हुने गरेका ९ वडाका सामुदायिक र संस्थागत विद्यालयमा परीक्षा शुरु भएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख मंगलसिंह […]

त्रि.वि.का सबै परीक्षाहरु स्थगित

१३ बैशाख, काठमाडौँ – त्रिभुवन विश्विद्यालया (टियू) आंगिक तथा सम्बन्धप्राप्त क्याम्पसहरुको वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका सञ्चालन भइरहेका विभिन्न कक्षाका परीक्षाहरु स्थगित गरिएको छ । सोमबार टियुले सूचना प्रकाशित गर्दै दोस्रो चरणको कोभिड–१९ संक्रमणका कारण स्नातक र स्नातकोत्तर तहका परीक्षाहरु पूर्ण रुपमा अर्को सूचना नआएसम्म बन्द गरिएको जनाएको छ । सूचनामा भनिएको […]

एसईई र १२ कक्षाको परीक्षा जेठमा हुने

९ बैशाख, काठमाडौँ – बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले मुख्य २५ शहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । संक्रमणका बीचमा पनि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक विधिलाई जारी राख्नुपर्ने जनाइएको छ । मन्त्रिपरिषद्को सोमवारको बैठकले कोरोना संक्रमणका कारण आगामी वैशाखभर मुख्य शहरी क्षेत्रका […]

जापान, अष्ट्रेलियासहित ५ देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द

८ वैशाख, काठमाडौँ – सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र नो अब्जेक्सन लेटर जारी गर्न बन्द गरेको छ । बुधबारदेखि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले जानकारी दिएका छन् । मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोरोना संक्रमणको नयाँ […]