Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

चितवनमा पुरूषको हत्या,आरोपितलाई पक्राउ गर्न जाँदा स्थानीय र प्रहरीबीच झडप

२ आश्विन, चितवन – पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ९ शितलपानीका ५९ वर्षीय कान्छा लामा छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति पौने १० बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन्। प्रहरी उपरीक्षक ओम […]

किसानका लागि ल्याइएका ट्रयाक्टर सत्तारुढ दलका कार्यकर्तालाई

२ आश्विन, काठमाडौँ – प्रदेश २ सरकारले लोभलाग्दो गरी ल्याएका अधिकांश योजना, कार्यक्रम तथा वितरण गरिएका विभिन्न अनुदानका सामग्री आफन्तदेखि आफ्नै पार्टीका कार्यकर्तामै सीमित राख्ने गरेको रहस्य खुलेको छ । प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानको उत्थानका लागि भन्दै ल्याएको कार्यक्रमलाई कार्यकर्ता पोस्न सीमित तुल्याइएको तथ्य प्रकाशमा आएको हो । मन्त्रालयले किसानहरुको […]

रुकुम जाँदै गरेको यात्रुबाहक बस पल्टियो

२ आश्विन, बुटवल – शनिवार बिहान कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा यात्रुबाहक बस  सडकमा पल्टिँदा १८ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ तर्फ पल्टिदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा ३१ जना यात्रु सवार थिए । […]

‘एमसिसीका नाममा अनेक दाउपेच’

२ आश्विन काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसीलगायतका विषयलाई जोडेर सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको बताउनुभएको छ। काठमाडौंको मीनभवनस्थित आलोकनगरमा शुक्रबार पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले भननुभयो, ‘एमसिसीका नाममा अनेक किसिमका दाउपेच चलिरहेका छन्। सत्ता गठबन्धनलाई भाँड्ने र तोड्ने प्रयासहरू भइरहेका छन्। विभिन्न भ्रम सिर्जना गर्ने काम भइरहेका छन्। कुनै […]

आज अधिकांश स्थानमा वर्षा हुने : मौसम पूर्वानुमान

२ आश्विन काठमाडौँ – भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभावले नेपालका अधिकां स्थानमा सामान्यदेखि पूर्ण बदलीसहित वर्षा भइरहेको छ। मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेकाले हाल  देशभर सामान्यदेखि पूर्ण बदली सहित बागमती प्रदेशका धेरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको […]

विद्युतीय पासोमा परी एकै घरका ३ जनाको मृत्यु

२ आश्विन बर्दिया -धानखेतमा जंगली जनावरलाई राखेको विद्युतीय पासोमा परी एकै घरका तीनजनाको मृत्यु भएको छ । छिमेकीले जंगली बँदेल र हात्ती धपाउन राखेको विद्युतीय पासोमा परी ठाकुरबाबा नगरपालिका-३ गोदाना गाउँका ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति १० बजेतिर एक जनालाई […]

राप्तीमा एक जनाको हत्या,छिमेकी पक्राउ

२ आश्विन काठमाडौँ – पूर्वी चितवनको राप्तीमा एक पुरुषको हत्या भएको छ । चितवन जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । कान्छाको हत्यामा संगल्न भएको आरोपमा छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । […]

दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्दै

१ आश्विन, काठमाडौँ – दसैं मनाउन उपत्यका बाहिर जानेका लागि यही असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो। यसअघि यातायात व्यवस्था विभागले असोज दोस्रो सातादेखि बुकिङ खुल्ला गराउने प्रस्ताव गरे पनि भाडाको विषयलाई लिएर व्यवसायी सकारात्मक […]

कोरोना संक्रमणबाट २४ घण्टामा थप १० को मृत्यु

१ आश्विन, काठमाडौँ –पछिल्लो २४ घण्टामा नेपालमा  एक हजार ३५१ संक्रमित निको भएका छन्। थप एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालय अनुसार शुक्रबार १२ हजार ३८५ जनामा कोरोना परीक्षण गर्दा एक हजार ५५८  संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट ८ हजार ६ सय ६५ जना र एन्टिजेनबाट ३७२० जनाको परीक्षण गरिएको […]

सुदूरपश्चिममा राम्रो विकास भएको छ : मुख्यमन्त्री भट्ट

१ आश्विन, डोटी –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा उल्लेख्य मात्रामा विकास भएको जानकारी दिनुभएको छ। जोरायल गाउँपालिका–२ बुडरमा आज जोरायल मसला प्रशोधन उद्योगको उद्घाटन गर्दै उहाँले सङ्घीयता आएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा पर्याप्त विकास भएको र रोकिएका कामले समेत पूर्णता पाएको दाबी गर्नुभयो । मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा हाल विभिन्न उद्योग र कलकारखाना सञ्चालन भएकाले अधिकांश […]