समाचार
झापाका कैदीबन्दीले पठाए सिन्धुपाल्चोकका बाढी पीडितलाई नगद राहत
२४ असार, काठमाडौं– झापा कारागारमा रहेका कैदीबन्दीले बुधबार सिन्धुपाल्चोकस्थित हेम्लबू गाउँपालिकाका बाढी पीडितका लागि रु ५० हजार १०० नगद पठाइदिएका छन् । वर्षायामको शुरुआती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि पीडित परिवारलाई राहतस्वरुप सहयोग गर्ने उद्देश्यले सो नगद रकम कैदीबन्दीले पठाइदिएका हुन् । “परिस्थितिले हामी जहाँ रहे पनि जस्तो रहे पनि मानवीय […]
युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी खेलाउने पक्राउ
२४ असार, काठमाडौं– युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने दुईजना पक्राउ परेका छन् । सट्टेबाजी खेलाएको अभियोगमा पोखरा महानगरपालिका–२७ तालचोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। फुटबलका जारी प्रतियोगिताहरुका नाममा सट्टेबाजी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ […]
पहिरोमा परी दार्चुलामा तीन जनाको मृत्यु
२४ असार, काठमाडौं– अविरल वर्षासँगै आएको पहिरोमा परी दार्चुलामा तीन जनाको मृत्यु भएको छ । पहिरोले दार्चुला नौगाढ गाउँपालिका–३ मा रहको घर पुरिदाँ दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको रहेका छन्। यस्तै, पहिरोमा परेर स्थानीय २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु […]
देशभर मनसुनी वायुको प्रभावः केही क्षेत्रमा भारी वर्षाको सम्भावना
२४ असार, काठमाडौं– देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश […]
निषेधाज्ञा असार ३१ सम्म थपियो, होटल तथा खाजाघर खुल्ने
२४ असार, काठमाडौं– चितवनमा स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो । निषेधाज्ञा असार ३१ गते राति १२ बजेसम्म जारी रहने छ । निषेधाज्ञा थप भए पनि केही क्षेत्र […]
भण्डारी मृत्यु प्रकरणमा एक सयसँग सोधपुछ
२४ असार, काठमाडौं– पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी शङ्कास्पदसँग सोधपुछको काम भइरहेको जनाएको छ । सो अवसरमा […]
ठूलो परिमाणको गाँजासहित गाडी नियन्त्रणमा
२४ असार, काठमाडौं– प्रहरीले करीब १२१ किलो अवैद्य लागुऔषध गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ । हेटौँडा उपमहानगरपालिका–५ स्थित रिलायन्स आवासीय माध्यामिक विद्यालय नजिक गस्तीमा गएको प्रहरीको गाडीलाई देख्नासाथ प्रदेश ३–०१–०२२ च ७२३७ नम्बरको बोलेरो पिकअप गाडीका चालक आज बिहान गाडी छोडेर भागेका थिए । शङ्का लागेर प्रहरीले जाँच गर्दा गाडीमा लुकाइछिपाइ राखेको अवस्थामा १२० […]
इजरायलले नेपाललाई दियो २० करोड बराबरको स्वास्थ्य सामाग्री
२४ असार, काठमाडौं– इजरायलले नेपालकालागि सहयोग स्वरुप पठाएको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवाको निगमको २३५३ ‘चार्टड फ्लाईटमार्फत उक्त सामग्री काठमाडौं आइपुगेको हो । उक्त सामाग्री बिहीबार विहान ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। बिहान नेपाल आइपुगेको उक्त सामाग्री नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोलीले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो […]
नेवानिको जहाज कोरोना खोप लिन चीन जाँदै
२४ असार, काठमाडौं– नेपाल वायुसेवा निगमाको जहाज आज साँझ खोप लिनका लागि चीन जाँदैछ । निगमाको बाइडबडी ए–३३० जहाज ‘भेरोसेल’ खोप आज चीनको बेइजिङ जान लागेको हो । निगमको जहाजले आज बिहीबारदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । निगमको जहाज बिहीबार […]
कालीगण्डकी डाइभर्सनसम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
२३ असार, काठमाडौं– कालीगण्डकी डाइभर्सनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले उक्त मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गर्दै संघीय र लुम्बिनी प्रदेश सरकारलाई साउन ४ गते छलफलका लागि बोलाएको छ । इजलासबाट जारी आदेशमा आदेशमा डाइभर्सनसम्बन्धी निर्णय र स्थलगत प्रकृतिको योजनाको कागजातसहित छलफलका लागि उपस्थित […]



