समाचार
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
९ असार, काठमाडौँ – देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले पनि मौसम प्रभावित भएको हो । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी […]
भीरबाट लडेर वडासदस्यको मृत्यु
९ असार, काठमाडौँ – भीरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ की वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा निधन भएको छ। भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन्। घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन्।
प्राविधिक समस्या समाधान भएसँगै नेपाल टेलिकमको मोबाइल सेवा सुरु
९ असार, काठमाडौँ – नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको प्राविधिक समस्या समाधान भएको छ । आज बिहानैदेखि काठमाण्डौसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने भएको थियो । तर, अहिले मर्मत गरेर समस्या समाधान भएसँगै सेवा सुरु भएको टेलिकमले जनाएको छ । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही समस्यामा परेका थिए ।
खाने तेलको मूल्य घट्न थाल्यो
९ असार, काठमाडौ – बजारमा खाने तेलको मूल्य लिटरमा १५ देखि २० रुपैयाँ घटेको छ । लामो समयदेखि बढ्दै गएको तेलको मूल्य अहिले आएर घट्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको व्यवसायीको भनाइ छ । तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य घटेपछि बजारमा उद्योगीले समेत […]
नेपाल टेलिकमको नेटवर्कमा देशैभर समस्या
९ असार, काठमाडौँ – आज नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । आज बिहानैदेखि फोन लागेको छैन भने एसएमएस पनि डेलिभर भएको छैन । यो समस्या देशैभर रहेको टेलिकमले जनाएको छ । देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन लागेको छैन । समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकमले जानकारी दिएको छ ।
प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुने
९ असार, काठमाडौं – प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए । विघटन बिरुद्ध ३० वटा रिट परेका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् […]
प्रचण्डको गृहजिल्ला भनेर सरकारले चितवनलाई बेवास्ता गर्यो : प्रचण्ड
८ असार, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डको गृहजिल्ला भनेर ओली सरकारले चितवनलाई बेवास्ता गरेको आरोप लगाउनुभएको छ । मंगलबार विपत् व्यवस्थापन र जानकारीसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रचण्डले चितवनको समस्या हल गर्न र विकास निर्माणको कामलाई सकारात्मक बनाउन अहिलेको सरकारले नचाहेको बताउनुभएको हो । प्रधानमन्त्री केपी ओलीले चितवनलाई एउटा जिल्ला हो […]
हत्यामा संलग्न रहेको आरोपमा एक पक्राउ
८ असार, काठमाडौं– प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा बाराका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेहरुमा फेटा गाउँपालिका–३ फुलवरिया टोल बस्ने ३५ वर्षीय पारस महतो धानुक र बिश्रामपुर गाउँपालिका–२ बरैनिया टोल बस्ने ७२ वर्षीय दास बाबा भन्ने वीर बहादुर यादव रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि बिश्रामपुर गाउँपालिका–२ भरवलिया टोल बस्ने २५ […]
अब नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षण गर्न पाईने
८ असार, काठमाडौँ – नेपालमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले विदेशमा उत्पादनरअध्ययनर परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो । मन्त्रिपरिषद्ले गरेको निर्णयले नेपाली नागरिकले खोप पाउने विषय पनि सहज हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले बताउनुभयो […]
पछिल्लो २४ घण्टामा थप ४,५२२ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु
८ असार, काठमाडौं – पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २ सय ४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७ सय ३ र ४ हजार ७ सय ९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय १९ जना गरी ४ हजार ५ सय २२ जनामा […]



