Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

धनुषामा निषेधाज्ञा थप

७ असार, काठमाडोँ – धनुषा जिल्लामा सात दिन फेरी निषेधाज्ञा आदेश थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार यसअघि घोषित निषेधाज्ञा आदेशमा सामान्य हेरफेर गरी आज राति १२ बजेबाट पुनः ७ दिन थप गरी निरन्तरता दिइएको छ । यस अघि १२ बजेसम्म आवश्यकीय पसल सञ्चालन गर्ने आदेश भएकोमा यस पटक सो समयमा […]

प्रदेशको नामकरण गर्दा पहिचानलाई ध्यान दिन आग्रह

७ असार, काठमाडौँ – प्रदेश नं १ को बजेट माथि प्रदेशसभामा छलफल शुरु भएको छ । यही असार १ गते प्रदेश सरकारले बजेट सार्वजानिक गरेको थियो । प्रदेशसभा नियमावली अनुसार आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुभएको थियो । सामान्य छलफल शुरु हुनुभन्दा आगाडि आजको […]

काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी

७ असार, काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बागलुङमा ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ भने काठमाडौंमा २ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि आइतबार बागलुङमा २ सय २२ जना कोरोना संक्रमित थपिएका थिए ।   […]

ज्वाला संग्रौला सहित तीन जनालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति

७ असार, काठमाडौं– अभद्र व्यवहार सम्बन्धी कसूरमा प्रहरीले पक्राउ गरेकी ज्वाला संग्रौलालाई हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । उक्त कसूरमा हिरासतमा लिई अनुसन्धान गर्नका लागि प्रशासनले ३ दिनको अनुमति दिएको हो । प्रशासनले संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि थुनामा राख्न अनुमति दिइएको छ । आफूलाई अभियन्ता बताउने संग्रौला युवा संघकी […]

१५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ

७ असार काठमाडौँ –  किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । गुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की १५ वर्षीया किशोरीलाई चौलागाईंले भक्तपुर नगरपालिका–४ स्थित भक्तपुर गेष्टहाउसमा ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । यही असार ५ गते बालिकालाई घुम्न जाने भन्दै […]

थप २,२९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

७ असार, काठमाडौं –  पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ८३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५ सय ८४ र ४ हजार ३ सय २१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७ सय १३ जना गरी […]

मेलम्चीका बाढी पिडितलाई विश्व हिन्दु परिषदको राहत

७ असार, काठमाडौँ मेलम्चीका बाढी पिडितलाई विश्व हिन्दु परिषद नेपाल लगायतका केही संस्थाहरुले संयुक्तरुपमा राहत सहयोग गरेका छन् । गत असार १ गते मंगलबार राति आएको बाढी बस्तीमा पस्दा दर्जनौ परिवार बेघर भएकछन् । यस प्राकृति आपताका कारण समस्यामा परेका मेलम्चीबासीको सहायताका लागि विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ, […]

जबरजस्ती करणीको आरोपमा एक पक्राउ

७ असार, काठमाडौं– जबरजस्ती करणीको अभियोगमा प्रहरीले भक्तपुरबाट एक पुरुषलाई पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धुलिखेल नगरपालिका–८ घर भएका २३ वर्षीय जयराम चौलागाईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । शनिबार बिहान १५ वर्षीया किशोरी हराएको भनी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी प्राप्त भएपछि प्रहरीले खोजी गर्ने क्रममा महानगरीय […]

नेपालमा नयाँ म्युटेसन भएको कोरोना भाइरस पुष्टि

७ असार, काठमाडौं– नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ भेरियन्ट हालको डेल्टा भेरियन्टकै उत्परिवर्तन भएको मन्त्रलयले जनाएको छ । नयाँ म्युटेट भएको भाइरस हालसम्म १० वटा भन्दा बढी देशमा भेटिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट […]

यौन दुव्र्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ

७ असार, काठमाडौं– छात्राहरुलाई यौन दुव्र्यवहार गरेको अभियोगमा मनाङका एक शिक्षक पक्राउ परेका छन् । नार्पाभूमी गाउँपालिका–१ नार गाउँको नार आधारभूत विद्यालयमा अध्यापन गराउने शिक्षक पक्राउ परेका हुन् । उनलाई सो विद्यालयका युकेजि र प्ले ग्रुपमा अध्ययनरत छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोही विद्यालयका शिक्षक नासो गाउँपालिका–७ […]