समाचार
फोनमार्फत खाद्य सामग्री मगाउन सकिने
१३ जेठ, काठमाडौं– कोरोनाका कारण उपत्यकामा थप कडाइ गरेसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आवश्यक पर्ने उपभोक्ताले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट अत्यावश्यक खाद्य सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको छ । कोभिड–१९ को सङ्क्रमणदर कम गर्नका लागि यही १४ देखि २० गतेसम्मका लागि निषेधाज्ञामा थप कडाइ गरिने भएपछि […]
अक्सिजन अभाव बढ्दै जाँदा पत्रकार महासंघ सुनसरीले अक्सिजन उपलब्ध गराउँदै
१३ जेठ, काठमाडौं– कोरोना सङ्क्रमित बढ्दै गएको र अक्सिजन अभाव भएपछि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले तत्कालका लागि १३७ सिलिण्डर अक्सिजन भरेर सबै आइसोलेशनमा पठाउने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले यहाँका लागि अक्सिजन उपलब्ध गराउनुभएको हो । आइसोलेशनमा अक्सिजन अभाव भएको र तीन दिन लाइन बस्दा पनि सहजरूपमा अक्सिजन उपलब्ध नभएपछि […]
धारिलो हतियार प्रहार गरी छोराको हत्या
१३ जेठ, काठमाडौं– बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेको छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८÷१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । उहाँका […]
पूर्वसांसद न्यौपानेको निधन
१३ जेठ, काठमाडौं– सशस्त्र प्रहरी अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ । बुधवार राति उहाँको निधन भएको उहाँका छोरा मदनरत्न न्यौपानेले बताउनुभयो । शुरुमा कोरोना सङ्क्रमणका कारण बिरामी हुनुभएका न्यौपाने पछि फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी हुनुभएको थियो । वैशाख २३ गते वीरेन्द्र प्रहरी अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना हुनुभएका […]
नाबालिका बलात्कार अभियोगमा एक पक्राउ
१३ जेठ, काठमाडौं– कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौका छोपेर गन्धर्वले यही जेठ ११ गते दिउँसो १ः०० बजे बालिकालाई जबर्जस्ती करणी गरेको […]
उपत्यका प्रशासनले गर्यो खाद्यान्न किन्ने वैकल्पिक व्यवस्था, चाहिए यी नम्बरमा फोन गर्नुहोस्
१३ जेठ, काठमाडौं– उपत्यकाका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने व्यवस्था गरेको छ । केही दिन अघिमात्र किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेको प्रशासनले आज वैकल्पिक व्यवस्था गरेको भन्दै एक विज्ञप्ती जारी गरेको हो । उपत्यका प्रशासनको केही दिन अघिको निर्णय […]
सेयर बजारलाई कारोवार रकमको साथ, झिनो अंकले बजार घट्दा पनि कारोवार रकमको ‘रेकर्ड ब्रेक’
१३ जेठ, काठमाडौं– सेयर बजार परिसूचक नेप्सेमा आज १४ अर्ब बढीको सेयर कारोवार भई पुनः सर्वाधिक कारोवार रकमको ‘रेकर्ड ब्रेक’ भएको छ । तीव्र उतारचढाव देखिएको बजारमा आज कुल १४ अर्ब ७१ करोड १९ लाख २९ हजार ९ सय १६ रुपैयाँबराबरको कारोवार हुँदै नयाँ रेकर्ड बनेको हो । सेयर बजार परिसूचक नेप्से १ दशमलव २० […]
भीडभाड बढेका कारण कालीमाटी तरकारी बजारमा जोरबिजोर प्रणाली लागू
१३ जेठ, काठमाडौं– निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ। हिजो सोमबारदेखि लागू हुनेगरी बजारमा जोरबिजोर प्रणली लागू गरिएको हो । बजार सिमित समयका लागि खोलिए पनि भिड नघटेपछि जोरबिजोर प्रणली लागू गर्नुपरेको तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। जोरबिजोर प्रणली लागूभएसँगै अब कालीमाटी […]
संसद विघटनविरुद्ध परेका रिटमा सुनुवाइ जारी
१३ जेठ, काठमाडौं– संसद विघटनविरुद्ध परेका रिटको सुनुवाइ गर्न इजलास सुरु भएको छ। प्रधानन्याधीश चोलेन्द्र शमशेरको एकल इजलासमा रिटहरु सुनुवाइ सुरु भएको हो । प्रधानन्यायाधीश शमशेरको बेञ्चमा संसद विघटनसँग सम्बन्धित १९ वटा रिट आजको इजलासमा रहेका छन् । १२ बजे इजलास बसेको रिटमा अहिले प्रधानन्याधीश जबराले अध्ययन गर्दैछन् । ५ जना बाहेक सबै कानून व्यवसायीहरूलाई […]
ट्याङकरमा लुकाएको अवैध लागूऔषधसहित बाराबाट दुईजना पक्राउ
१३ जेठ, बारा– प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट ना.४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको २ सय १८ किलोग्राम अवैध लागूऔषध गाँजा सहित चालक र सहचालकलाई पक्राउ गरेको छ । काठमाडौंबाट भारतको बरौलीमा तेल लिन जान लागेको उक्त ट्याङ्करमा अवैध लागूऔषध गाँजा लुकाई राखेको सूचना प्राप्त भएपछि प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले ट्याङकरको च्याम्बरभित्र […]



