Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

कर्तव्य ज्यान मुद्दाका आरोपी १६ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका आरोपी १६ वर्षपछि पक्राउ १६ फागुन काठमाडौँ – दाङमा कर्तव्य ज्यान मुद्दामा फरार एक अभियुक्तलाई १६ वर्षपछि प्रहरीले पक्राउ गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ कटाहा निवासी ५५ वर्षीय लीलाबहादुर खत्री रहेका छन् । खत्रीलाई २०६१ साल चैत्र २९ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर […]

नैतिकता भए ओलीले सर्वोच्चको फैसला सुन्नेबित्तिकै राजीनामा दिनु पर्थ्यो : रावल

१६ फागुन काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दाबी गर्नुृ भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उहाँको  टिप्पणी छ। आइतबार रिपोर्टर्स क्लबमा नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता […]

प्रचण्ड–नेपाल पक्षतिर लागे ओली निकट केन्द्रीय सदस्य

१६ फागुन काठमाडौं – नेकपा ओली समूह छाडेर ताज मोहम्मद मियाँ प्रचण्ड–नेपाल पक्षमा लागेका छन् ।  नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई सरकार हुँदाहुँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको भन्दै ओली समूहका केन्द्रीय सदस्य मियाँ प्रचण्ड–नेपाल पक्षमा प्रवेश गर्नु भएको छ । उनलाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा स्वागत […]

प्रचण्डको पक्षमा लागेपछि बादलले हटाए स्वकीय सचिव

१६ फागुन काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीयसचिव विरु तामाङलाई पदबाट हटाउनु भएको छ । आफूसँग रहेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्षमान पुनका लागि काम गरेको आरोप लगाउँदै उहाँले तामाङलाई हटाउनु भएको हो । उहाँ पूर्वमाओवादी लडाकूसमेत हुन् । गृहमन्त्री थापाको सचिवालयमा अधिकृतस्तरको नियुक्तिमा उहाँ सुरुवाती समयदेखि नै कार्यरत् हुनुहुन्थ्यो । गृहमन्त्रीनिकट स्रोतले […]

पूर्वसांसद उप्रेतीको निधन : देउवाले भने,पुराना साथी गुमाएँ

१६ फागुन काठमाडौँ – नेपाली कांग्रेसका पूर्वसांसद शंकरप्रसाद उप्रेतीको निधन भएको छ । काठमाडौंमा शनिबार राति उनको निधन भएको हो । उनी कांग्रेस झापाका पुराना नेता हुन् । २०४६ सालपछि उप्रेती कांग्रेसबाट ६ वर्षसम्म राष्ट्रिय सभा सांसद भएका थिए। उप्रेती पञ्चायतविरोधी आन्दोलनका बेला पटकपटक जेलसमेत परेका थिए। उप्रेती चिकित्सक पनि थिए। उहाँले ५० वर्ष बिरामीको […]

साताको पहिलो कारोबार दिन नै सेयर बजारमा पहिरो

१६ फागुन काठमाडौं – साताको पहिलो कारोबार दिन सुरुवाती समयमा सेयर बजारमा पहिरो गएको छ । कारोबार सुरु भएको १६ मिनेटमा नै सेयर बजार परिसूचक नेप्सेमा करिब ५० अंकको पहिरो गएको हो । नेप्से ४९.७९ अंकले ओरालो लाग्दा २५०४.३५ अंकमा झरेको छ । व्यापार र होटेलबाहेक सबै उपसूचकमा राताम्यै हुँदा बैंकिङ अन्य र जीवन बिमा […]

मिस नेपाल श्रृंखला बनिन् वर्ल्डलिंकको सद्भावना दूत

१६ फागुन काठमाडौं – नेपालकै सबैभन्दा ठूलो ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शृंखला खतिवडालाई सद्भावनादूतमा नियुक्त गर्नु भएको छ । आकर्षक व्यक्तित्वकी धनी, आर्किटेक्चर इन्जिनियरिङ्ग संकायमा आफ्नो ब्याचको टपर र समाजसेवामा समर्पित एवं मिस नेपाल–२०१८ शृंखला खतिवडा नेपालकै चर्चित व्यक्तित्वहरू मध्येका एक रहेको वर्ल्ड लिंकले जनाएको छ । खतिवडालाई सद्भावना दूत नियुक्त गर्दै […]

भिजिट भिसाको सेटिङ : विमानस्थलका कर्मचारीलाई प्रसन्न बनाउन लाखौ रकम

१६ फागुन काठमाडौं – अध्यागमन विभागले कुनै पनि देशमा भिजिट भिसामा जानका लागि एक हजार अमेरिकी डलर देखाउनुपर्ने व्यवस्था गरेको छ । यो सँगै सम्बन्धित देशको भिसा, दुईतर्फी हवाई टिकट, भिजिट भिसामा जान लागेको देशमा कति दिन बस्ने र त्यसअनुसारको होटल बुकिङ पनि देखाउनुपर्ने व्यवस्था गरेको हो । यद्यपी यी कागजपत्र मात्र लिएर त्रिभुवन अन्तर्राष्ट्रिय […]

टिकटकबाट चिनजान भएकी महिलालाई बलात्कार र लुटपाट गर्ने एक जना पक्राउ

१५ फागुन विराटनगर – पछिल्लो समय हरेक अपराधका पछाडि कतै न कतै सामाजिक सञ्जाल जोडिने गरेको पाइन्छ । सामाजिक सञ्जालको गलत प्रयोगसँगै अपराधका नयाँ स्वरुप आइरहेका छन् । हालै प्रहरीले करणीपछि लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ती आरोपित हुन्, कास्की कास्कीकोट गाउँपालिका– ४ का ३९ वर्षीय राजीव गुरुङ । प्रहरीको प्रारम्भिक […]

कोहलपुरमा बलात्कारीलाई कारबाहीको माग प्रदर्शन

१५ फागुन बाँके – बलात्कारमा संलग्नलाई तुरुन्त पक्राउ गरी कारबाहीको माग गर्दै बाँकेको कोहलपुरमा प्रदर्शन भएको छ । नेपालगञ्जकी एक किशोरीमाथि भएको बलात्कारमा संलग्नलाई लामो समयसम्म पनि पक्राउ गर्न प्रशासन असफल भएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर समितिले कोहलपुरमा प्रदर्शन गरेको हो । दोषीलाई तत्काल पक्राउ नगरिए आन्दोलनलाई देशव्यापी बनाउने उक्त संगठनकी कोहलपुर नगर […]