समाचार
विधेयक पारित नहुँदा ६३ लाख नेपालीले पाएनन् नागरिकता
१९ असाेज काठमाडौँ – नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित नहुँदा करीब ६३ लाख नेपालीले नागरिकताको प्रमाणपत्र पाउन सकेका छैनन् । महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकता विधेयकका विषयमा सञ्चारकर्मीसँगको भर्चुअल छलफल कार्यक्रममा विसं २०६८ को जनगणनाअघि गरिएको अध्ययनका आधारमा यस्तो तथ्य सार्वजनिक गरिएको हो । केन्द्रीय तथ्याङ्क विभागले […]
बसोबास रहेकै स्थानमा दशैँ मनाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह
१९ असोज काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ । मन्त्रालयले ‘दशैंँमा आवतजावत गर्दा कोरोनाको सङ्क्रमण थप फैलन सक्ने भन्दै सर्वसाधारणलाई जुन ठाउँमा छौँ, त्यही ठाउँबाट दशैँ मनाउन’ आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. […]
उपत्यकाका बजारमा ‘डेट एक्सपायर’ खाद्य सामग्री
१९ असोज काठमाडौं – कोरोना भाइरसको बढ्दो संक्रमणको मौका छोपी बजारमा म्याद गुज्रिएका हर्लिक्स, बिस्कुट, चकलेट र बेकरीसम्बन्धी खाद्य सामग्री पठाउने गिरोह नै सक्रिय भएको खुलेको छ । बजारमा पहिले नै पठाइएका तर हाल डेट एक्सपायर भएका ओरियो बिस्कुट, हर्लिक्स, किन्डर ज्वय, स्निकर्स, वाउन्टी चकलेट, ट्याङ जुससहित म्याद सकिएका बेकरीसम्बन्धी खाद्य सामग्रीमा पुनः नयाँ म्याद […]
ब्लड क्यान्सर पीडितलाई स्वर्गद्वारी छात्रपरिषद्को सहयोग
१९ असोज काठमाडौं – ब्लड क्यान्सर पीडित शिवराम कुँईकेललाई स्वर्गद्वारी छात्रपरिषद्ले आर्थिक सहयोग गरेको छ । आईतबार एक कार्यक्रमकाबीच छात्रपरिषद्ले नुवाकोटका क्यान्सर पीडित शिवरामलाई सहयोग गरेको हो । स्वर्गद्वारी छात्रपरिषद्ले आफ्ना सदस्यबाट संकलित दुईलाख उनान्चालीस हजार छ सय चौरासी रुपैँया बिरामी तथा उनका दाजु जनार्दन कुँईकेललाई उनकै निबास पुगेर हस्तान्तरण गरेको थियो । हाल देवघाटस्थित […]
उपत्यकामा मास्क नलगाइ हेलचक्र्याइँ गर्ने बढे, सङ्क्रमण बढ्यो
१९ असोज काठमाडौं – देशमा लगाइएको बन्दाबन्दी हटेसंगै कोरोना संक्रमण बढ्दै जान थालेको छ । संक्रमण बढ्ने प्रमुख कारण आम मानिसले जनस्वास्थ्यको मापदण्ड पालना नगरिएको पाइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन मानिसहरुले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगरेकोले कोरोनाको जोखिम बढेको बताउनुहुन्छ । बन्दाबन्दी […]
काठमाडौ उपत्यकामा एकैदिन १५ सय ९९ मा संक्रमणको पुष्टि
१८ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ९९ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ९९ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ हजार ३ सय ७३ जना संक्रमित थपिएका छन् […]
कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द
१८ असोज काठमाडौँ – कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहा जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र […]
बलात्कार गर्न खोज्नेलाई बचाउन प्रहरी र जनप्रतिनिधिको दाउ
असोज १८ गते काठमाडौं – बलात्कार प्रयासको आरोप लागेका दुई अभियुक्तलाई बचाउन प्रहरी र जनप्रतिनिधि नै लागेको खुलेको छ । प्रहरीले पीडित पक्षबाट ठाडो निवेदन मात्रै परेको र जनप्रतिनिधिले पञ्चायतीबाट समस्या समाधान गर्ने भन्दै प्रहरी कार्यालयबाट आरोपितलाई बुझेर लगेका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका–६ की ४० वर्षीया महिलालाई आफ्नै गोठमा ‘बलात्कारको प्रयास’ भएको थियो । […]
प्रधानमन्त्री निवासमा कसरी पुग्यो कोरोना : संक्रमणको स्रोत खोज्दै सरकार
१८ असोज काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवका साथै निवासमा खटिएका ६३ सुरक्षाकर्मी लगायतमा कोरोना संक्रमण देखिएको छ । ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । उनीहरूका साथै प्रधानमन्त्री निवासमा […]
राष्ट्रपति भण्डारीद्वारा ट्रम्पलाई स्वास्थ्यलाभको कामना
१८ असोज काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । ट्रम्प दम्पतीलाई शुक्रबार कोरोना संक्रमण भएको थियो । भण्डारीले ट्रम्पलाई एक सन्देश पठाउँदै शीघ्र लाभको कामना गरेकी हुन् । आफ्नो सन्देशमा भण्डारीले कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि ठोस कदमहरु चाल्नुपर्नेमा जोडसमेत दिएकी छन् […]



