Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026

समाचार

सशस्त्र प्रहरी प्रमुखको चेतावनी : सीमा सुरक्षामा कमजोरी देखिए कमान्डर कारबाहीको दायरामा

✍️ब्यूरो रिपोर्ट काठमाण्ड़ौ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले सीमा क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रणमा कुनै पनि प्रकारको कमजोरी सह्य नहुने चेतावनी दिएका छन्। उनले मुख्यालय स्वयंले सीमा सुरक्षाको अवस्थामाथि सूक्ष्म निगरानी गरिरहेको भन्दै ‘कमजोरी देखिए कमान्डर स्वयं कारबाहीको भागीदार बन्ने’ स्पष्ट सन्देश दिएका हुन्। मंगलबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा भर्चुअल बैठकमार्फत सीमा क्षेत्रमा खटिएका […]

अवैध देहव्यापार नियन्त्रण: दुई होटलमा प्रहरीको छापा, एक सञ्चालक पक्राउ एक फरार

✍️ ब्यूरो रिपोर्ट धनुषा, २ भदौ । जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले अवैध देहव्यापार नियन्त्रण गर्ने क्रममा सोमबार साँझ करीब ६ बजेको समयमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित दुई होटलमा छापा मारेको छ। प्रहरीले मानव होटल र गोदावरी होटल मा छापा मार्दा मानव होटलबाट ३ जना महिला, ३ जना […]

फल्स बटमयुक्त स्कारपियोबाट ठुलो परिमाणको लागूऔषध बरामद, चार भारतीय नागरिक पक्राउ

मकवानपुर, साउन ११ – लागूऔषध तस्करीको नयाँ शैली अपनाउँदै फल्स बटम (कृत्रिम तह) बनाइएको भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागूऔषधसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकामा भारतको सुगौली घर भई नेपाल हुँदै काठमाडौंतर्फ आउँदै गरेका ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र […]

बरामद विवरणमा हल्ला धेरै, हकीम खुसी पार्न सशस्त्रको आँकडाबाजी?

✍️ दिनेश सहनी, जनकपुरधाम १० साउन,सिरहा — सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण, सिरहाले आर्थिक वर्ष २०८१/८२ मा करिब ९ करोड ६० लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको दाबी गरेको छ। तर, भन्सार स्रोतहरू भन्छन् — “यो आँकडा वास्तविक बजार मूल्यभन्दा निकै बढाइएको छ,” जसका कारण यस्ता सामान नीलामीमा बिक्ने सम्भावना अत्यन्त न्यून […]

सिरहा सशस्त्र प्रहरीमाथि तस्करीको आरोप, २ क्विन्टल गाँजा बरामद, स्थानीयको रोष चरममा!

✍️ विशेष रिपोर्ट, सिरहा सिरहा, असार ३२ गते — सिरहाको सीमावर्ती क्षेत्र औरही गाउँपालिका–५ स्थित मलाह टोलमा लागुऔषध गाँजा ओसार–पसारमा संलग्न एक युवक २ क्विन्टलभन्दा बढी गाँजासहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा शुक्रबार राति करिब १०:३० बजे उक्त गाँजा बरामद गरेको हो। […]

तस्करीमा संलग्न घुमुवालाई कारबाही होइन ‘पुरस्कार’ – एसपी भण्डारीको संरक्षणमा बदनाम सई विदामा!

✍️ ब्यूरो रिपोर्ट, सिरहा २९ असार –सिरहाको सीमा क्षेत्रमा व्यापक तस्करी नियन्त्रण गर्नुको साटो त्यसमा संलग्नता देखाउने सशस्त्र प्रहरीका घुमुवाहरु सुरक्षित ‘सरकारी छातामुनि’ संचालन गरिरहेको तथ्य फेरी एकपटक उजागर भएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर, सिरहाका गणपति एसपी नरेश भण्डारीका प्रिय पात्रका रूपमा चिनिने सशस्त्र प्रहरी नायब निरीक्षक (सई) बिष्णु प्रसाद […]

भन्सारको तेस्रो ठूला सफलता: सशस्त्र प्रहरीको आँखामुनि बारम्बार तस्करी, अब जनताको प्रश्न– जिम्मेवार को?

✍️ दिनेश सहनी , जनकपुरधाम २७ ,असार – सिरहा भन्सार कार्यालय माडरले बिहीबार राति पुनः एकपटक उल्लेखनीय सफलता हात पारेको छ। बरियारपट्टी नाकाबाट अवैध रुपमा ल्याइएका झण्डै दुई लाख रुपैयाँ बराबरका भन्सार छलीका सामग्रीहरू नियन्त्रणमा लिँदा भन्सार कार्यालय सक्रिय देखिएको छ, तर सशस्त्र प्रहरी बलको भूमिकाप्रति गम्भीर प्रश्नहरू उठेका छन्। सिरहा भन्सार कार्यालय माडरका भन्सार […]

“सशस्त्रकै मिलोमतोमा तस्करी! भन्सारको गस्ती टोलीले बरियारपट्टीबाट झण्डै १ लाखको मालसमान जफत”

✍️ दिनेश सहनी,जनकपुरधाम २६ असार – सिरहा जिल्लाको सीमावर्ती क्षेत्र बरियारपट्टी नाकाबाट सशस्त्र प्रहरीकै मिलोमतोमा भइरहेको तस्करीलाई भन्सार कार्यालय माडरले ठूलो सफलता हात पार्दै पर्दाफास गरेको छ। बिहीबार विहान करिब ८ बजेको समयमा भन्सार अधिकृत विमल कुमार श्रेष्ठको नेतृत्वमा खटिएको गस्ती टोलीले झण्डै ९१ हजार रुपैयाँ बराबरको अवैध सामग्री जफत गरेको हो। भन्सार कार्यालय माडरका […]

धनुषा प्रहरीको हिरासत काण्ड: १५ वर्षीय बालकलाई बन्दुक देखाउँदै कुटपिट, प्रहरीमाथि छानबिन सुरु

✍️दिनेश सहनी/जनकपुरधाम २६ साउन — जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्र एक १५ वर्षीय बालकमाथि गरिएको निर्मम कुटपिट तथा हतियार देखाएर डर देखाएको आरोप सार्वजनिक भएपछि प्रहरीमाथि छानबिन सुरु गरिएको छ। मंगलबार राति चोरी अभियोगमा पक्राउ परेका धनौजी गाउँपालिका–२ निवासी रोहित पण्डितलाई हिरासतमा लिएर अपराध स्वीकार गर्न पाइप र बन्दुक देखाउँदै पटक–पटक कुटपिट गरिएको परिवारजनले आरोप […]

सिरहामा घुमुवा आतंक: सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी, सई गौतम नेतृत्वको गिरोहको पर्दाफास

✍️ दिनेश सहनी २५ असार,जनकपुरधाम सिरहाको सीमा क्षेत्रमा सक्रिय सशस्त्र प्रहरी बल नेपालका घुमुवा टोलीहरू तस्करीको मुख्य संरक्षकको रूपमा उभिएको खुलासा भएको छ। विशेष गरी सीमा सुरक्षा सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिरहाका सशस्त्र प्रहरी सई (सशस्त्र प्रहरी नायब निरीक्षक) विष्णु प्रसाद गौतमको नेतृत्वमा कार्यरत घुमुवा टोलीमाथि गम्भीर आरोपहरू सार्वजनिक भएका छन्। उनीहरु […]