Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

एकैदिन देशभर संक्रमितको १ हजार ४ सय ९७ संक्रमित थपिए

८ असोज काठमाडौं – मुलुकमा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ९७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोना संक्रमणमुक्त

८ असाेज  काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना मुक्त भएका छन् । गत भदौ २३ गते कोरोना पोजेटिभ रिपोर्ट आएकोमा गएराति आएको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना पोजेटिभ भएसँगै चावहिलस्थित ओम अस्पताल भर्ना भएका थिए । कोइराला केही दिनअघि स्वास्थ्यावस्था सामान्य भएपछि होम आइसोलेसनमा फर्किएका थिए  । रिपोर्ट नेगेटिभ आए […]

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार नाघ्यो

८ असोज काठमाडौँ – कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ  ।  सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७३१ रहेको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा कर्णालीमा थप ४८ जनामा कोरोना पुष्टि भएको छ […]

कोभिड-१९ संक्रमितहरुका लागि प्रयोग हुने फभिपिराभर ट्याब्लेट नेपालमा उत्पादन

८ असोज  काठमाडौं – देउराली जनता फर्मास्युटिकल्सले कोरोना भाईरस (कोभिड १९) संक्रमितहरुका लागि प्रयोग हुने फभिपिराभरओरल ट्याब्लेट उत्पादन गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको अवस्थामा विश्वका अन्य देशहरुमा पनि प्रयोगमा आएको उक्त औषधि देउराली जनताले उत्पादन गरेको हो । कोरोना रोगको उपचारका लागि आवश्यक औषधिहरुमध्ये फभिपिराभर ओरल ट्याब्लेट एन्टीभाइरल औषधीलाई विश्वका धेरैे मुलुकहरुले कोरोनाका […]

सरकारले स्वीकार गरे दशैंमा लकडाउन !

७ असाेज काठमाडौं – कोरोना संक्रमणको दर लगातार बढे फेरि लकडाउन गर्न सिफारिस गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले  जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको यो सिफारिस सरकारले कार्यन्वयन गरेको खण्डमा दशैँको समयमा मुलुकमा पुनः लकडाउन हुन सक्छ […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुग्यो

७ असोज काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ जना पुरुष र १ जना महिला रहेका छन् । जसमा काठमाडौंकी ६८ वर्षीया महिला र १६ वर्षीय किशोरको गरी २ जनाको मृत्यु भएको छ । त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, सिरहाका […]

काठमाडौं उपत्यकामा थप ६ सय ३७ जनामा संक्रमण

७ असोज काठमाडौं   – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप सय संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सय संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र सय संक्रमित थपिएका छन् भने ललितपुरमा संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा जना संक्रमित देखिएका छन् […]

देशभर थप १ हजार १ सय ७२ जनामा संक्रमण पुष्टि

७ असोज  काठमाडौं – मुलुकमा थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार  १ सय ७२  संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६७  हजार ८ सय ४ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ६ सय ४७ जनामा संक्रमण

६ असोज काठमाडौं  – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ४७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ४७ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ५ सय ११ संक्रमित थपिएका छन् भने ललितपुरमा ७३ संक्रमित थपिएका छन् । […]

देशभर थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि

६ असोज काठमाडौं – मुलुकमा थप १ हजार ३ सय ५५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय ५६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।