राजनीति
भोली फेरी बस्नेगरि सकियो एमाले कार्यदलको बैठक, बैठक निष्कर्षउन्मुख
२३ असार, काठमाडौं– एमाले विवाद समाधानका लागि बसेको कार्यदलको बैठक सकिएको छ । कार्यदलको बैठक निष्कर्षउन्मुख भएको वार्ता टोलीका एक सदस्यले बताए । ती सदस्यले वार्ता भोलिसम्ममा एउटा निष्कर्षमा पुग्ने बताए । ओली पक्षिय कार्यदलका एक सदस्यले थप तयारीसहित भोलि ११ बजे फेरि बैठक बस्ने गरी आजको बैठक टुंगिएको बताए। बैठकमा अध्यक्ष र वरिष्ठ नेतासँगको […]
एमाले विवाद समाधान कार्यदलको बैठक सुरु
२३ असार, काठमाडौं– एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । कार्यदल बैठक अघि माधव नेपाललाई भेट्न भीम रावल कोटेश्वर पुगेका थिए। यस अघि सोमबार र मंगलबार पनि कार्यदल बैठक बसेको थियो। हिजो बसेको कार्यदलको बैठकले पार्टी एकीकरणको मस्यौदा तयार पार्ने नेताहरुले बताएका थिए। यद्यपि अन्य कुरामा भने बैठक निष्कर्षमा पुग्न […]
एमाले विवाद समाधान कार्यदलको बैठक निष्कर्षविहीन, भोली फेरी बस्ने
२२ असार, काठमाडौं– एमाले विवाद समाधानका लागि बसेको कार्यदलको बैठक सहमतिमा पुग्न असफल भएको छ । एमालेमा दुई खेमामा विभाजित कार्यदलको बैठक बिना सहमति सकिएको हो। कार्यदलको सिंहदरबारमा बसेको बैठकमा पहिले भएका अनौपचारिक छलफलको पुनरावलोकन भएको एक नेताले बताए। ती नेताले भने, ‘विभिन्न विषयमा रहेका असहमतिमाथि खुलारुपमा भएतापनि ठोस निर्णय हुन नसकेकाले बैठक भोलि बिहान […]
माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा
२२ असार, काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् । एमालेको एकता कायम गर्नका लागि सिंहदरबारमा विवाद समाधान कार्यदलको बैठक चल्दै गर्र्दा नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका हुन् । जनकपुरबाट काठमाडौं फर्किए लगत्तै प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । एमाले विवाद […]
प्रचण्डको पूर्वानुमानः सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिन्छ
२२ असार, काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले परमादेश जारी गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने बताएका छन् । पार्टीका नेता महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार बिहान जनकपुर पुगनेका प्रचण्डले संचारकर्मीसँग कुरा गर्दै संसद पुनर्स्थापनाको विकल्प नरहेको पनि बताएका छन् । अध्यक्ष प्रचण्डले अगामी असार २८ गते आउने सर्वोच्च अदालतको […]
एमाले विवाद समाधान कार्यदल ब्यूँतियो, आजै बैठक बस्दै
२१ असार, काठमाडौं– एमाले विवाद समाधानका लागि गठित कार्यदल पुनः ब्युतिएको छ । कार्यदलको बैठक आज नै बस्ने स्रोतले जनाएको छ । कार्यदलको बैठक सोमबार बेलुका ६ बजे तयारी रहेको स्रोतले बतायो। विवाद समाधानका लागि गठित कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु […]
संसद विघटन मुद्दाः बहस सकियो, फैसला असार २८ गते आउने
२१ असार, काठमाडौं– प्रतिनिधि सभा विघटन मुद्दामा जारी सुनुवाइ सकिएसँगै सर्वोच्चले उक्त मुद्दाको अर्को पेशी असार २८ गतेलाई तोकेको छ । सर्वोच्चले उक्त मुद्दाको फैसला असार २८ गते सुनाउने भएको छ । सर्वोच्चमा असार ९ गतेदेखि प्रतिनिधि सभा विघटनको मुद्दामा निरन्तर सुनुवाइ हुँदै आएको थियो ।
संसद विघटन मुद्दाः जवाफी बहस सकियो, एमिकस क्युरीको पालो
२१ असार, काठमाडौं– संसद विघटन सम्बन्धी रिटमा रिट निवेदकको तर्फबाट जवाफी बहस सकिएको छ। जवाफी बहसमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, बद्रीबहादुर कार्की, शम्भु थापा र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका हुन्। जवाफी बहसका लागि इजलासले प्रदान गरेको ३ घण्टाको समयमा निवेदकतर्फकाले बहस सकेका हु । सोमबारको टि ब्रेक पहिले उनीहरुको तर्फबाट […]
प्रधानन्यायाधीशको प्रश्नः एमाले नभई सरकार बन्ने देखिँदैन, देखिन्छ ?
२१ असार, काठमाडौं– संसद विघटनसम्बन्धी रिटको जवाफी बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र वरिष्ठ अधिवक्ता हरिहर दाहालबीच संवैधानिक इजलासमा सवाल जवाफ भएको छ। रिट निवेदकका तर्फबाट जवाफी बहसको सुरुआत गरेका वरिष्ठ अधिवक्ता दाहालले संविधानको धारा ७६(२) अनुसार नै दल चाहिने हो भने उपधारा ५ किन राख्ने ? भनी प्रश्न गरेपछि प्रधानन्यायाधीश राणा र दाहालबीच सवालजवाफ […]
प्रधानन्यायाधीशले सोधेः बहुमत पुगेकालाई प्रधानमन्त्री नियुक्त गर्ने अभ्यास अदालतले गर्न मिल्छ ?
२० असार, काठमाडौं– संसद विघटनसम्बन्धी रिटमा जारी सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कुनै अमुक व्यक्तिको बहुमत छ प्रधानमन्त्री नियुक्त गर भनेर अदालतले अभ्यास गर्न मिल्छ ? भनी प्रश्न गरेका छन् । रिटमा अहिले सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् । सोही बहसका क्रममा प्रधानन्यायाधीश जबराले कानुन व्यवासायी मेघराज पोखरेललाई यस्तो प्रश्न सोधाका […]



