समाचार
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
७ अश्विन, काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक– २०७८’ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो। बैठकमा सांसद […]
एमसीसी संसदबाट अनुमोदन गर्न सकिन्न : एकीकृत समाजवादी
७ अश्विन, काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने बताएको छ । केन्द्रीय कमिटीको बिहीबार सकिएको बैठकले एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नभएको ठहर गरेको छ । यसलाई राष्ट्रिय हित अनुकुल बनाएर राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउन सकिने एकीकृत समाजवादीले बताएको छ ।
समाजवादलाई मजबुद बनाउन कांग्रेस प्रतिबद्ध : प्रधानमन्त्री
७ अश्विन, काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ । पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल (जुम) माध्यमबाट उद्घाटन गर्नुहुँदै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताउनुभएको हो । सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण […]
यि हुन् ‘द भ्वाइस किड्स’का ४ कोच,आइतबारबाट ‘ब्लाइन्ड अडिसन’
७ अश्विन, काठमाडौं – ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन भव्यताका साथ सम्पन्न गरेपछि हिमालय टीभी एचडीले बालबालिकाहरुका लागि गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रशारण गर्ने तयारी गरिएको छ । यो शोमा ६ देखि १४ बर्षका बालबालिकाहरुले सहभागीता जनाउन पाउनुहुने छ । बालबालिकाहरुको अडिसन सम्पन्न भैसकेको आयोजकले जानकारी दिनुभएको छ । अहिले अडिसनबाट छानिएका […]
गठबन्धन दलको बैठक जारी
७ अश्विन, काठमाडौं – सत्तारुढ गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । साँझ ६ बजेदेखि सुरु भएको बैठक अहिलेसम्म जारी रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भइरहेको छ । गठबन्धनले भोलि ९बिहीबार०सम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । बैठकमा प्रधानमन्त्री तथा […]
१३ जुवाडे १८ लाख सहित कागेश्वरीबाट पक्राउ
७ अश्विन, काठमाडौं – काठमाडौंबाट १८ लाख ७५ हजार ५ सय रूपैयाँसहित १३ जना जुवाडे पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ हरहर महादेवस्थित कमल दाहालको घरबाट १३ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । दाहालको घरमा अवैध रूपमा जुवा खेलिरहेको भन्ने सूचना पाएपछि महानगरीय […]
एसको महासचिवमा भुसाल,रामकुमारी झाँक्रीसहित चार सचिव
७ अश्विन, काठमाडौं – माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको । एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको नाम अनुमोदन गर्न लागेको हो। एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन हुनुभएको छ । पार्टीले चार जना उपाध्यक्ष बनाएको छ। राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई उपाध्यक्ष हुनुभएको छ। उपमहासचिवमा […]
बैतडीमा एक जना मृत फेला
७ अश्विन,धनगढी – बैतडीमा एक जना व्यक्ति मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ का ४५ वर्षीय कमलसिंह महरा बिहीबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडी प्रहरी प्रमुख रमेशबहादुर पालले स्थानीय सन्सेरीमाण्डौं बजारमा मासु पसल सञ्चालन गर्दै आएका महरा बिहीबार बिहान मृत भेटिएको जानकारी दिनुभयो । स्थानीयले महराको शव […]
आज प्रतिनिधि सभाको बैठक बस्ने
७ अश्विन, काठमाडौं – आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। बिहीबार दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ । आज आर्थिक विधेयकमाथि छलफल, उक्त विधेयकमाथि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायत सम्भावित कार्यसूची छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर […]
(एस)को महासचिवमा बेदुराम भुसालको नाम
७ अश्विन, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्नुहुने भएको छ। सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताउनुभयो । ‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’, नेताले भन्नुभयो । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी […]



