Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

सभामुख सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दै

११ जेठ, काठमाडौँ – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्नेभएको छ । संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले जानकारी दिनु भएको हो   । यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा […]

गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको निधन

११ जेठ, काठमाडौँ – कपिलवस्तुमा गत बुधवार गोली लागेका माओवादी केन्द्रका नेता दिपक पाण्डेको उपचारका क्रममा मृत्यु भएको छ । भैरहवा मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभए पछि उहाँलाई  सोमबार थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउनुभएको थियो उपचारकै क्रममा उहाँको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी […]

भारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी संक्रमित पहिलो बिरामी फेला

१० जेठ, एजेन्सी – कोभिड–१९ को उपचारपछि निको भई घर फर्किएका वा घरमै बसी निको भएका कोभिड सङ्क्रमितमा कालो र सेतो ढुसी ९फङ्गस०को समस्या भारतको धेरै राज्यमा देखिन थालेको छ । तर यस्ता व्यक्तिमा देखिएका जटिलताहरूमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक पहेंलो ढुसीको सङ्क्रमण भेटिएको सोमबार, यहाँका नाक कान घाँटी ९इएनटी० विशेषज्ञ बीपी त्यागीले […]

एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

१० जेठ, काठमाडौं – नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो । यसअघि नै सुदूरपश्चिम सरकार मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने चर्चा चले पनि औपचारिक निर्णय […]

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीबाट प्रा. डा. जागेश्वर गौतमलाई हटाइयो

१० जेठ, काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । प्रवक्ता गौतमलाई सोमबारको मन्त्रीस्तरीय निर्णयबाट प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिएको हो । प्रवक्ता बाट हटाएर उनलाई वीर अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि उनी स्वास्थ्य मन्त्रालयको प्रवक्ताका साथै थापाथली प्रसुती अस्पतालको प्रमुख थिए । गौतमलाई युनिफाइड केन्द्रीय अस्पताल (वीर […]

रामेछापमा कोरोना संक्रमण एकैदिन थपिए १८० जना

१० जेठ, काठमाडौँ – रामेछाप जिल्लामा अहिलेसम्म कै धेरै कोरोना संक्रमित थपिएका छन् । रामेछापमा आज सोमबार मात्र एकैदिन १ सय ८० जना कोरोना संक्रमित थपिएका हो  । आज संक्रमित हुनेमा मन्थली नगरपालिका ६९ जना, दोरम्बा गाउँपालिकाका ४५ जना, लिखु तामाकोसी गाउँपालिकाका ४३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भवुन […]

खोप सहायतामा नेपाललाई प्राथमिता दिन अमेरिकासँग अनुरोध

९ जेठ, काठमाडौँ – सरकारले कोभिड –१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गर्नुभएको हो । मन्त्रीद्वयबीच आज भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्रीले विकासोन्मुख देशहरुलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपविदेशमन्त्री […]

कोरोना नियन्त्रणसम्बन्धी अध्यादेश पालना गर्न काठमाडौं प्रशासनको अनुरोध

१० जेठ, काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारले ल्याएको कोरोना संक्रमण नियन्त्रण अध्यादेशको पालना गर्न सर्वसाधारणलाई अपिल गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन सो अध्यादेशको अक्षरस पालना गर्न सर्वसाधारण सम्पूर्णमा अपिल गरेको हो । प्रशासनले उक्त अध्यादेको पालना नभए कानुन अनुसार कारवाही गरिने चेतावनी पनि सूचनामार्फत […]

कोरोनाको कारण डीएसपी खरेलको मृत्‍यु

१० जेठ, काठमाडौँ – कोरोना भाइरसका कारण नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको मृत्‍यु भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा खरेलको सोमबार मृत्‍यु भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किनु भएका उहाँ पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत रहनुभएको थियो  । यसअघि […]

अब उपत्यकामा दैनिक ६ वटा वाणिज्य र ३ विकास बैंक मात्रै खुल्ने

१० जेठ, काठमाडौँ – कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा खुल्ने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या तोकेको छ। राष्ट्र बैंकका अनुसार अब काठमाडौं जिल्लामा ३ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक र १ फाइनान्स कम्पनी मात्रै संचालन हुनेछ। त्यस्तै ललितपुर जिल्लामा २ वाणिज्य बैंक, १ विकास बैंक र […]