समाचार
देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस १ डिग्री
२२ कात्तिक काठमाडौँ– मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा प्रभाव पार्ने उल्लेखनिय मौसमी प्रणली विकसित भएको छैन । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको न्यूनतम तापक्रम हिजोको तुलानामा आज बिहान घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम जाडो सुरु भएपछिकै कम १० डिग्री सेल्सियस मापन गरिएको […]
मनोज गजुरेललाई पूर्वपत्नि मीनाको पत्र : ‘बिसौँ तिजका निराहार व्रत बसेकी छु, कोरोनाबाट हार नमानिदेउ’
२१ कात्तिक काठमाडौं – वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेल र पत्नी मीनाबीच सम्बन्ध विच्छेद भएको लामो समय भइसकेको छ। उनीहरुबीच यसबीचमा बोलचाल र आवतजावतसमेत बन्द छ। लामो समयको सम्बन्ध टुटेपछि अलग्गिएका यी जोडी यसबीचमा एक्ला एक्लै जीवन यात्रामा अघि बढेका छन्। मीना सामाजिक सञ्जालमा अनेक टिप्पणीसहित आइरहन्छिन्। कोरोनाको लडाई लडिरहेका पूर्वपति मनोज गजुरेललाई भावुक पत्र […]
मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख
२१ कात्तिक काठमाडौं – वरिष्ठ हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बलम्बुस्थित शशस्त्र प्रहरी अस्पतालले जनाएको छ। उक्त अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले कोरोनाका कारण गम्भीर बिरामी परेका गजुरेलको अवस्थामा सुधार आइरहेको बताएका हुन्। ’उहाँ आफै खाना खान सक्नुहुन्छ। चिकित्सक साथीहरुसँग मजाले बोलिरहनु भएको छु, उहाँलाई एक जनासँग मात्रै सम्पर्क गर्न दिएका छौं।’ […]
तातो तेल जिउमा खन्याएर श्रीमतीको ज्यान लिन खोज्ने श्रीमान पक्राउ
२१ कात्तिक काठमाडौँ– नीलकण्ठ नगरपालिका ११ को ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल जिउमा खन्याएर ज्यान लिन खोजेको आरोपमा उनका श्रीमान् २४ वर्षीय अश्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ । घरमा बसिरहेकी श्रीमतीलाई तेल तताएर शरीरमा खन्याएपछि पूजा घाइते हुनुुभएको छ । तातो तेलले पोलेर उहाँको टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ […]
कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु
२१ कात्तिक नेपालगन्ज — कोरोना संक्रमण देखिएकी एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । कात्तिक १७ गते सुत्केरी भएकी तुल्सीपुर उपमहानगरपालिका–१० दाङकी २० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । उनको शुक्रबार दिउँसो ३ बजेर २० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए सुत्केरी व्यथाले च्यापेपछि […]
थप १८ जनाको मृत्यु , मृतकको संख्या १ हजार ७० पुग्यो
२१ कात्तिक काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
भाइटीकाको भोलिपल्टदेखि खुलामञ्चमा खाना वितरण नगरिने
२१ कात्तिक काठमाडौँ – तिहारपछि खुलामञ्चसहित राजधानीका खुला ठाउँमा निस्शुल्क खाना वितरण नगरिने भएको छ । लकडाउनपछि खाना खुवाइरहेका अभियन्ताहरु र काठमाडौं महानगरपालिकाबीच भाइटीकाको भोलिपल्टदेखि निश्चित स्थान पहिचान गर्ने वा प्याकेटमा मात्र खाना वितरण गर्ने सहमति भएको हो । शुक्रबार भएको सहमतिपत्रमा हाम्रो सानो प्रयास, हन्ड्रेड्स गु्रप, गसिप क्वीन, हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसियसनलगायतका […]
संक्रमितको संख्या बढ्न थालेपछि पोखराका अधिकांश वडा कार्यालय सिल
२१ कात्तिक काठमाडौँ कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि पोखरा महानगरका वडा कार्यालयहरू धमाधम बन्द हुन थालेका छन् । वडा कार्यालय बन्द भएपछि सेवा प्रवाह प्रभावित भएको छ । हाल १, २, १३ र २५ नम्बर कार्यालय पूर्ण रुपमा ठप्प छन् । संक्रमण बढ्ने खतरा देखेपछि सूचना टाँसेरै अनिश्चितकालका लागि सेवा बन्दको घोषणा गरिएको हो […]
कोरोना संक्रमण भएका मनोज गजुरेलको अवस्था स्वास्थ्य अवस्था गम्भीर
२१ कात्तिक काठमाडौँ – कोरोना संक्रमण भएका हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ । कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोनाका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। हालको उनको आईसियूमा […]
लागू औषध सहित दुई महिला पक्राउ
२१ कात्तिक वीरगञ्ज – सशस्त्र प्रहरी पर्साको शंकराचार्यमा खटिएको टोलीले लागूऔषध सहित दुईमहिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५० वर्षीया फुलमति चौधरी र २९ वर्षीया सुगन्धादेवी पासवान रहेका छन् । उनीहरुलाई हवल्दारर भान बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा डाइजापाम ३०० गोटा, फेनारागन २९७ गोटा, नुफिन ३०० गोटा फेला पारेको हो […]



