Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

वाग्मती प्रदेश सरकारको सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम

२३ असोज  काठमाडौँ –  वाग्मती प्रदेश सरकारले युवा उद्यमीलाई लक्षित गरी उत्पादन तथा रोजगारी सिर्जनाको लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम लागू गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७७÷०७८ मा सहुलियतपूर्ण ऋण व्यवस्थापन कार्यक्रमअन्तर्गत  कूल रु तीन अर्ब बजेट विनियोजन गरिएको बताइएको छ । जसअनुसार विभिन्न व्यावसायिक क्षेत्रका लागि  एक […]

प्रधानमन्त्रीलाई ऋचा शर्माको खुलापत्र, ‘भोलि मेरी छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

२३ असोज काठमाडौँ – अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छिन् । उनले पछिल्लो समय देशमा बलात्कारका घटना, सरोकारवाला पदमा बसेका व्यक्तिले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै पत्र लेखेकी हुन् । गत साता गृहमन्त्री रामबहादुर थापाले बलात्कारका बारेमा दिएको अभिव्यक्ति विवादमा आएको थियो। धेरैले आपत्ति जनाएको उनको अभिव्यक्ति गैरजिम्मेवार भएको […]

सरकारद्वारा परराष्ट्र सचिवमा भरतराज पौड्याल नियुक्त

 २३ असोज  काठमाडौँ – भरतराज पौड्याल परराष्ट्र सचिवमा नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको परराष्ट्र मन्त्रालयको सचिव पदमा पौड्याललाई नियुक्त गरेको हो । यसअघि परराष्ट्र सचिव रहेका शंकरदास बैरागीलाई सरकारले मुख्य सचिव बनाएपछि उक्त पद रिक्त बनेको थियो । परराष्ट्र मन्त्रालयमा  प्रवक्ताको जिम्मेवारी समेत सम्हाल्दै आउनुभएका पौड्याल वरिष्ठताको आधारमा सचिव नियुक्त […]

सुनको भाउ ९ सयले बढ्यो

२३ असोज काठमाडौं – शुक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज तोलाको ९४ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार ९३ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय […]

सन् २०२१ मा भारतीय अर्थतन्त्र ९.६ प्रतिशत खुम्चिन्छ : विश्व बैंक

२२ असोज एजेन्सी – कोरोनाभाइरस महामारीका कारण चालू आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको अर्थतन्त्र ९-६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ । कोरोनाभाइरसको असर बाँकी नै रहेका कारण दक्षिण एसियाली अर्थतन्त्रमा सर्वाधिक असर पर्ने पनि बैंकले जनाएको छ । खासगरी अनौपचारिक क्षेत्रमा कार्यरत ठूलो संख्याका कामदारहरुले […]

बिना स्वीकृति फिल्म, म्युजिक भिडियो लगायतमा प्रहरीको पोसाक प्रयोग गर्न नपाइने

२२ असोज काठमाडौं –  फिल्म, टेलिचलचित्र, सर्ट फिल्म, प्र्याङ्क भिडियो, म्युजिक भिडियोलगायत निर्माण गर्दा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक प्रयोग गर्नुपरेमा स्वीकृति लिएर मात्रै प्रयोग गर्न आग्रह गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले विहीबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै फिल्म तथा टेलिचलचित्रलगायतमा प्रहरी पोसाकको दुरुपयोग भइरहेकाले स्वीकृति लिएर मात्रै प्रयोग गर्न आग्रह गरेको हो […]

७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोज्दा बाटो हिँड्नेले देखेपछि उद्धार, ४३ वर्षीय पुरूष पक्राउ

२२ असोज  काठमाडौं –  ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा काठमाडौंबाट एक ४ पुरूष पक्राउ परेका छन् । बुधवार दिउँसो पौने ४ बजेतिर कोटेश्वर महादेवस्थानको तल्लो खोलाको सहयोगनगर पुल नजिकै बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा दाङ घोराही नगरपालिका-४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक पक्राउ परेका हुन् । स्थानीयले देखेपछि ती बालिकाको […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुग्यो

२२ असोज  काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जनाको मृत्यु भएसँगै संख्या ५ सय ९० पुगेको हो । मन्त्रालयको विवरण अनुसार प्रदेश १ को सुनसरीमा ३९ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, प्रदेश २ को धनुषामा ७० वर्षीय पुरुषले ज्यान […]

काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० संक्रमित थपिए

२२ असोज  काठमाडौं  – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ४० संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र २ हजार ८५ जना संक्रमित थपिएका छन् भने ललितपुरमा […]

४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि

२२ असोज काठमाडौं –  मुलुकमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ३ सय ६४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।