Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

भीम रावलले सभामुखलाई सरी भन्दै लिए राजीनामा फिर्ता

८ साउन, काठमाडौं– नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । एमालेका उपाध्यक्ष समेत रहेका डा।रावलले रावलले आज सभाामुखलाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको रावलको भनाइ छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीना दिएका […]

‘विप्लव’ र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता

८ साउन, काठमाडौं– नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । शुक्रबार भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । भेटपछि उनले राप्रपाको धारणा पनि विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने भन्ने नै रहेको बताए । भेटमा दुवै पार्टीका अन्य […]

कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी

८ साउन, काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । कांग्रेस पदाधिकारीहरुको बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी रहेको हो । बैठकमा पूर्वपदाधिकारी पनि सहभागी छन्। आजको बैठक महाधिवेशन केन्द्रित रहने एक नेताले बताए । बैठकमा क्रियाशील सदस्यता विवाद र आसन्न महाधिवेशनको निर्धारित कार्यतालिकाबारे छलफल हुने बताइएको छ। बैठकमा निर्वाचन समितिका संयोजक महादेव […]

कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दै, महाधिवेनको विषयमा छलफल हुने

८ साउन, काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने तय भएको छ। यसअघि देउवा प्रधानमन्त्री भएपछि पहिलो पदाधिकारी बैठक बालुवाटारमा राखिएको थियो। प्रधानमन्त्री निवासमा पार्टीको बैठक राखेपछि तीव्र विरोध भएकाले कांग्रेसले बालुवाटारमा बैठक नराख्ने निष्कर्ष निकालेको हो। आजको बैठकमा पदाधिकारी तथा […]

निर्वाचन आयोगले जसपाका कार्यकारिणी सदस्यलाई कागजातसहित बोलायो

७ साउन, काठमाडौं– निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाको कार्यकारिणी समिति सदस्यलाई अनुरोध गरेको छ । जसपाको विवाद निरुपणका लागि आयोगले गठन गरेको इजलासले दल एकीकरण हुँदाका बखत प्रस्तुत भएका कागजातसहित उपस्थित हुन आग्रह गरेको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा […]

प्रधानमन्त्री देउवा र जापानी राजदूत किकुटाबीच भेटवार्ता

७ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले भेट गरेका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत युताकाले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन्। भेटका क्रममा राजदूत युताकाले प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिएका थिए। भने प्रधानमन्त्री देउवाले नेपाललाई एस्ट्रेजेनेका खोप उपलब्ध गरादिएको धन्‍यवाद सहित राजदूत किकुटालाई मायाको चिनो प्रदान गरेका […]

कांग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने

७ साउन, काठमाडौं– नेपाली कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवासमा गर्ने गलत परम्परा तोड्ने बताएका छन् । खड्काले भने, अबदेखि काँग्रेसको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा हुदैनन् । बिहीबार दिउँसो ट्विटरमा उनले लेखेका छन्, ‘विगतको गलत गलत परम्परालाई तोड्दै अबदेखि नेपाली […]

नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रलाई हिजो–अस्तिसम्म आफ्नो आदर्श बनायो ः केपी ओली

७ साउन, काठमाडौं– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रविरोधी शक्तिसँग सहकार्य गर्ने कांग्रेसको नीति रहेको बताएका छन् । अध्यक्ष ओलीले कांग्रेस प्रतिक्रियावादीसँग मिलेको आरोप लगाउदै दमनकारी नीति स्थापनाकालदेखि नै लिएको आजको नीति पनि त्यही रहेको बताएका हुन् । पुष्पलालको स्मृति दिवसमा ललितपुरको च्यासलमा भएको कार्यक्रममा बोल्दै उनले कांग्रेस सुरुवातदेखि नै लोकतन्त्रवादी शक्तिसँग सहकार्य […]

बैठकमा अनुपस्थित भीम रावललाई भेट्न माधव नेपाल टोखामा

६ साउन, काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न टोखा पुगका छन् । बुधबारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष रावल सहभागी नभएपछि नेता नेपाल उनलाई भेट्न उनकै निवास टोखा पुगेका हुन्। नेता नेपालले आज बोलाएको आफूनिकट नेताहरुको स्थायी कमिटी बैठकमा रावल अनुपस्थित भएपछि उनलालाई भेट्न नेपाल टोखा पुगेका हुन् । साउन […]

प्रधानमन्त्री देउवा र विप्लवबीच बालुवाटारमा भेटवार्ता

६ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । बालुवाटारमा हुने भेटवार्तामा विप्लवका साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि सँगै रहेका छन् । प्रधानमन्त्री निवासमा भइरहेको छलफलमा गृहमन्त्री बालकृष्ण खाण उपस्थित छन् । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्ति प्रक्रियामा आएसँगै […]