Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

राजनीति

नेपाल – खनाल समूहलाई कडा कारबाही हुन्छ : अध्यक्ष ओली

६ वैशाख, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताउनु भएको छ । पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुने बताउनु भएको हो । कर्णाली प्रदेशमा माधव समूहले गरेको फ्लोर क्रसतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक […]

वाग्मती प्रदेशका मुख्मन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

६ वैशाख, काठमाडौं – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । ललितपुर जावलाखेलस्थित सुशासन केन्द्रमा अहिले बिहान ९ बजे बैठक बस्न लागेको हो । आजको बैठकको मुख्य कार्यसूची वाग्मती प्रदेशले खरिद् टेन्डर गरेको विद्युतीय बससम्बन्धि विषय रहेको छ । “विद्युतीय बस खरिदले प्रदेशमा समस्या उत्पन्न भएको छ । हामीले टेन्डर आह्वान गरिसकेका […]

मन्त्रिपरिषद् बैठक बस्दै, कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुने

६ वैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो । मुख्यतः बैठकमा बढ्दो कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुने जनाइएको छ । शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको थियो । सो […]

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

६ वैशाख, काठमाडौं – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आइतबार तयारी नपुगेको भन्दै स्थगित बैठक आज बस्न लागेको हो । बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब […]

सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

६ वैशाख, काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । आज पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो । दिउँसो१ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्ने बैठकमा विकसित राजनीतिक घटनाका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धि निर्णय हुने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन दबाब दिँदा पनि उनले […]

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै, नेपाल पक्षले बहिष्कार गर्ने

६ वैशाख, काठमाडौं – प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ । बैठक सोमबार दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले २६१ जनालाई बैठकमा बोलाइएको र उनीहरुलाई बैठकका एजेण्डाबारे पनि जानकारी गराइएको बताए । एमालेका अनुसारसो बैठकमा […]

फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गर्ने एमाले संसदीय दलको तयारी

३ वैशाख, काठमाडौँ – एमालेका चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि नेकपा एमाले कर्णाली प्रदेशसभाका सांसद छलफलमा जुटेका छन् । फ्लोर क्रस गरेका सांसदको विषयमा के गर्ने भन्ने निर्णय गर्न एमाले संसदीय दलको बैठक बसेको छ । ‘फ्लोर क्रस’ गर्ने सांसदलाई कारवाहीको सिफारिस गर्ने एमाले जनाएको छ ।

भारतसँगको सीमा समस्या राजनीतिक सहमतिका आधारमा समाधान हुन्छःमन्त्री ज्ञवाली

३ बैशाख, काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीचको सीमा समस्या दुई देशबीचको राजनीतिक सहमतिका आधारमा समाधान गरिने बताउनुभएको छ । नेपाल भारत मैत्री सङ्घद्वारा यहाँ आज आयोजित ‘सङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण’ कार्यक्रममा मन्त्री ज्ञवालीले अग्रज पुस्ताले गरेका सन्धिसम्झौताका आधारमा राजनीतिक तवरबाटै सीमा समस्या जतिसक्दो चाँडो समाधान हुने विश्वास व्यक्त गर्नुभयो । […]

प्रधानमन्त्री ओलीले भोलि देशबासीको नाममा सम्बोधन गर्दै

३१ चैत्र काठमाडौं – प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएकोछ । बुधवार नयाँ वर्षको अवसरमा उहाँले  सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सो क्रममा उहाँले शुभकामनाका साथै कोरोना रोकथामका विषयमा केन्द्रीय रहेर सम्बोधन गर्ने बताउनु भएको छ ।  यसैगरी प्रधानमन्त्री ओलीले विभिन्न सञ्चार जगतका सम्पादकहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको […]

रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न सरकारको निर्देशन

२५ चैत्र, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रीकालीन कार्यक्रममा राती नौ बजेपछि बन्द गर्न सुझाव दिएको छ। देशभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले बुधवार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न सुझाव दिएको हो । घरबाहिर जाँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न […]