विश्व
नेपालको भिडियो सेयर गर्दै डब्लुएचओ प्रमुखले लेखे – ‘खोपको समान आपूर्तिका लागि दबाब दिऊँ’
५ असार, काठमाडौं – यसैसाता हिमालपारिको जिल्ला मुस्ताङको लेतेस्थित खोलामा आएको बाढीमा केही स्वास्थ्यकर्मीले खोपको डब्बालाई मुस्किलले तार्दै गरेको भिडियो भाइरल बन्यो । यो भिडियो एकैदिनमा विश्वभर भाइरल बन्यो जसलाई सयौं प्रतिष्ठित मानिसहरुले पनि सामाजिक संजालमा सेयर गरेका छन् । कोभिडको दोस्रो लहरसँग जुधिरहेको नेपालको यस्तो दृश्य देखेर धेरैले टिप्पणी पनि गरेका छन् । विश्व […]
अमेरिकामा कोभिड १९ ले मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो
२ असार, काठमाडौँ – अमेरिकामा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मृत्यु हुनेको संख्या ६ लाख १२ पुगेको छ । विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिका छन् । यहाँ झन्डै ३ करोड ३५ लाखलाई संक्रमण भइसकेको छ । त्यस्तै, मृतक संख्यामा पनि अमेरिका विश्वकको […]
चीनसँग १,७५३ मेट्रिक टन सुन सञ्चिती
३१ जेठ, काठमाडौँ – चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा १ हजार ७ सय ५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ । यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको […]
अमेरिकाले हटायो चिनियाँ एपमाथि लगाएको प्रतिबन्ध
एजेन्सी– अमेरिकाले चिनियाँ एपमाथि लगाएको प्रतिबन्ध हटाएको छ। अमेरिकाले टिकटक लगायतका चिनियाँ एपमाथि लगाएको प्रतिबन्ध हटाएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटक तथा वीच्याटमाथि अमेरिकामा लगाइएको प्रतिबन्ध हटाएका हुन्। राष्ट्रपति वाइडेनले विशेष अध्यादेश ल्याएर यो प्रतिबन्ध हटाएको अमेरिकी राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एपमाथि प्रतिबन्ध लगाएका थिए। ट्रम्प प्रशासनले […]
फेसबुकले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्ने
एजेन्सी– फेसबुकले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्ने भएको छ । फेसबुकले सार्वजनिक गर्ने स्मार्टवाचमा दुई ओटा डिट्याचेबल क्यामेरा पनि हुनेछ । यो क्यामेरा प्रयोगकर्ताले आफू खुशी लगाउन वा हटाउन सक्नेछन् । ती क्यामेराबाट खिचेको फोटो वा भिडियो फेसबुकको सेवाहरुमा सेयर गर्न पनि पाइनेछ । फेसबुक सँगै यसलाई इन्स्टाग्राममा पनि सेयर गर्न सकिन्छ । स्मार्टवाचमा भिडियो […]
अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान
एजेन्सी– चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ । चीनले पहिलो पटक तीन जना अन्तरिक्ष यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा पठाउँदैछ । उनीहरु तीन महिना अन्तरिक्षमा रहने छन् । उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने […]
आङ सान सूचीमाथि लगाइयो भ्रष्टाचारको अर्को मुद्दा, १५ वर्ष जेल हुनसक्ने
२७ जेठ, काठमाडौँ – म्यानमारको जुन्ती सरकारले आङ सान सूचीमाथि भ्रष्टाचारको थप अभियोगहरु लगाएको छ। सरकारी समाचार संस्था ग्लोबल न्यू लाइटले सूचीमाथि थप मुद्दाहर लगाइएको बारे समाचार प्रकाशन गरेको रोयटर्सले उल्लेख गरेको छ। फेब्रुअरी १ मा कू गर्दै सेनाले सूची सहित सयौं नेतालाई पक्राउ गरेको थियो। यसअघि सूचीविरुद्ध गैरकानुनी रुपमा वाकी टकी राखेको र स्वास्थ्य […]
अफ्रिकाकी एक महिलाले एकैपटकमा जन्माइन् १० सन्तान
२६ जेठ, काठमाडौँ – दक्षिण अफ्रिकाका ३७ वर्षीया महिलाले एकैपटकमा १० जना बच्चालाई जन्म दिएकी छन् । एकैपटकमा एक महिलाले १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी छन्। यद्यपि दक्षिण अफ्रिकी सरकारले भने यस विषयमा अझै तथ्य रेकर्ड भेटिन बाकिँ रहेको जनाएको छ । राजधानी प्रेटोरियाको एक अस्पतालमा गोसिएम थमारा सिथोल नामकी महिलाले तीन छोरी र […]
अमेरिकाको वासिङ्टनमा कोरोना खोप लगाउनेलाई उपहारमा एक खिल्ली गाँजा !
एजेन्सी- अमेरिकाको वासिङ्टन राज्यले कोभिड विरुद्धको खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार दिने भएको छ । वासिङ्टन राज्यले खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम घोषणा गरेको हो । गएको सोमबार घोषणा भएको उक्त कार्यक्रमको नाम ‘जोइन्ट्स फर ज्याब्स’ु राखिएको छ। यो कार्यक्रम घोषणा भएपछि युवाहरु खोप लगाउन आउने […]
भारतमा बस र भ्यान ठोक्किएर दुर्घटना, सत्र जनाको मृत्यु
२६ जेठ, काठमाडौँ – भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति कानपुर नजिक ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । निकै भयानक उक्त दुर्घटनामा परेर अरु १८ जना घाइते भएको प्रहरीले जनाएको छ । कोरोनाभाइरस महामारीको दोस्रो लहर भारतमा केही मत्थर हुन थालेपछि गाउँघर फर्किएका मजदुरहरु पुनः […]



