समाचार
आज साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिन
काठमाडौँ – आज साउने सक्रान्ति अर्थात लुतो फाल्ने दिन । आजबाट असार सकिएर साउन महिना शुरु भएको छ । साउन महिनामा सूर्य कर्कट राशीमा रहने भएकालो धेरै गर्मी हुने र निरन्तर झरि पर्ने तथा कृषकहरु कृषीकार्य गर्दा पानीमा भिज्ने, माटोमा खेल्ने, अनि हिलाम्मे हुने हुन्छ । जसका कारण मानिसलाई यो महिनामा विभिन्न किसिमका छालासंग सम्बन्धित […]
अझै केही दिन अबिरल वर्षा नहुने
काठमाडौं – देश भर मनसुनको सक्रियता कम भएको छ । वर्षा गराउने मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेका कारण मनसुनि गतिविधि देशभर कम सक्रिय रहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय दक्षिणतर्फ हुँदै भारततिर प्रवेश गरेकाले अब केही दिन वर्षा कम हुने छ । तर पनि देशको एक दूइ स्थानहरुमा […]
पोखरीमा डुबेर भोजपुरमा दुईको ज्यान गयो
भोजपुर – आमचोक गाउँपालिका वडा नं. २ यूँमा पोखरीमा डुबेर दुईजनाको ज्यान गएको छ । मंगलबार बेलुका आमचोक थामडाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा आमचोक १ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र सोही ठाउँका २० वर्र्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घरबाट मंगलबार दिउँसो घुम्न हिंडेका दुबैजना पानी जम्मा गरी […]
कांग्रेसमा चर्को विवाद, नियमावली पुनः समितिमै फर्काइयो
काठमाडौँ – नेपाली काँग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ । केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको छ । सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएका छन् । अघिल्लो आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेता कृष्णप्रसाद सिटौलाले सस्यौदाविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका थिए । त्यसलगतै सभापति देउवा पक्षले सर्वसम्मत […]
चिकित्सा शिक्षा आयोगद्वारा ६ जनाको आवेदन रद्द
काठमाडौं – सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका पुनः दरखास्त आह्वान गरेको छ । यस अघि असार ९ गते पहिलो पटक सूचना निकालेर दरखास्त मागेको आयोगले आवेदन परेका छ जनाको दरखास्त रद्द गर्दै पुनः दरखास्त मागेको हो । दरखास्त परेका मध्ये योग्यता पुगेको पुष्टि भएका कागजात नभएको आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको […]
बेलिब्रिज बनेपछि सिरहा सुखिपुरमा सुखको अनुभुति
सावाल सम्वाददाता काठमाडौँ-केहिदिनको लगातार बर्षाले पुल बगाए पछि अप्ठ्याारोमा परेका स्थानियलाई ससस्त्र प्रहरीले बेलिब्रिज बानाएर आवागमनमा सहज बनाएको छ । सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्कि पुलको किनारा वर्षाले बगाएर लगेपछि ५ दिन देखि आवागमन ठप्प भएको थियो । पुल बगाए पछि स्थानियलाई स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगाएतका विविध सेवाबाट बन्चित भएका थिए […]
विश्वभर ८२ करोड मानिस भोकमरीको चपेटामा
एजेन्सी – विश्वभर ८२ करोड मानिस भोकमरीमा रहेको एक तथ्यांक सार्वजनिक भएको छ। पछिल्ला तीन वर्षयता भोकमरीबाट प्रभावित मानिसहरुको संख्या बढिरहेको पाइएको हो। संयुक्त राष्ट्र खाद्य एवम् कृषि संगठन युएनएफएओले सोमबार सार्वजनिक गरेको एक नयाँ प्रतिवेदन ‘स्टेट अफ फूड सेक्युरिटी एण्ड न्युट्रेशन इन द वल्र्ड २०१९’ अनुसार भोकै बस्नुपर्ने बाध्यता भएका मानिसहरुको संख्या बढेको छ। […]
गुण्डा नाइके राजेन्द्र लामा कोटेश्वरबाट समातिए
काठमाडौं – गुण्डा नाइके राजेन्द्र लामा कोटेश्वरबाट समातिएका छन् । काठमाडौंका व्यापारी, व्यवसायी र उद्योगीसँग चन्दा असुल्ने तथा धम्याउने राजेन्द्र लामा समातिएका हुन्। उनलाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । व्यवसायीहरुले नै बढी धम्की आउने गरेको गुनासो गरेपछि लामालाई समातिएको हो । उनलाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामा यस अघि […]
पहिरोकाे कारण विपी राजमार्ग अवरुद्ध
काठमाडौँ – पहिरोका कारण विपी राजमार्ग बन्द रहेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–५ लासकोटमा पहिरोको गएकाले राजमार्गमा यातायातका साधन सञ्चानमा अवरोध आएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हेटौडा–काठमाडौं सडकखण्ड पनि पहरोका कारण बन्द रहेको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ मा पहिरो गएकाले सडक यातायातको साधन सञ्चालनमा अवरोध आएको […]
आज देशभर आंशिक देखि सामान्य बदली हुने
काठमाडौँ – आज देशभर आंशिक देखि सामान्य बदली हुने र केहि स्थानमा वर्षा हुने सम्भावना रहेको छ । देशका पहाडि तथा तराईका केही स्थानमा सामान्य भन्दा बढी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल न्यून चापिय रेखा नेपालको तराई भागमा भन्दा केहि तल अवस्थित रहेकाले मनसुनि गतिविधि देशभर कम सक्रिय अवस्थामा रहेको […]



