स्वास्थ्य
विभिन्न प्रयोजनका लागि लगिएका अक्सिजन सिलिन्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
१२ जेठ, काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका एक सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्त डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा […]
सल्भेसन आर्मी मिशनद्वारा दोरम्बा र गोकुलगंगालाई स्वस्थ्य सामाग्री हस्तान्तरण
११ जेठ, काठमाडौँ – सल्भेसन आर्मी मिशन नेपालले रामेछापको दोरम्बा र गोकुलगंगा गाउँपालिकालाई स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ । दोरम्बा प्राथमिक अस्पताललाई ८ बेड अस्थायी टेण्ट निर्माण, पिपिइ १२ सेट, फेस्शिल्ड १२ पिस, पन्जा ५ बकस, माक्स २५ सय पिस, स्यानिटाइजर १० लिटर र ३० पिस साबुन हस्तान्तरण गरेको हो त्यस्तै रामेछाप रसनालुको गोकुलगंगा अस्पताललाई १२ सिट क्षमता […]
अस्पताल र प्रयोगशाला भवन शिलान्यास – मुख्यमन्त्री गुरुङ
१० जेठ, काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा ३० मोहोरीया स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन र प्रयोगशालाको आज शिलान्यास गर्नुभएको छ । सङ्घ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको १४ करोड ३० लाख लागतमा तीनतला सहितको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन र गण्डकी प्रदेश सरकारको ५३ करोड ७० लाख रुपैयामा अत्याधुनिक सुविधा सहितको […]
स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीबाट प्रा. डा. जागेश्वर गौतमलाई हटाइयो
१० जेठ, काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । प्रवक्ता गौतमलाई सोमबारको मन्त्रीस्तरीय निर्णयबाट प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिएको हो । प्रवक्ता बाट हटाएर उनलाई वीर अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि उनी स्वास्थ्य मन्त्रालयको प्रवक्ताका साथै थापाथली प्रसुती अस्पतालको प्रमुख थिए । गौतमलाई युनिफाइड केन्द्रीय अस्पताल (वीर […]
स्वास्थ्य संकटकाल लगाउन सकिन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी
१० जेठ, काठमाडौँ – कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउन स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बताएका छन्। कोरोना महामारीको पछिल्लो स्थिति अपडेट गराउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने,’स्वास्थ्य संकटकाल लगाउने विषयमा हामी सकारात्मक छौँ।’ कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरु, नियन्त्रणका लागि दातृ निकाय तथा देशबाट प्राप्त सहयोग लगायतका […]
चार सातापछि कोरोनाको संक्रमण ओरालो लाग्छः स्वास्थ्यमन्त्री
१० जेठ, काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्ृदयेश त्रिपाठीले अबको चार सातापछि कोरोना संकमण दर घट्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले मानिसहरुको आवतजावतमा प्रभाकारी नियन्त्रण नभएकाले संक्रमण दर अपेक्षा गरेअनुरुप घट्न नसकोको बताए । उनले भने, ‘अबको चार सातामा संक्रमणदर क्रमश घट्दै जाने देखिन्छ ।’ पछिल्ला केही दिनको तथ्यांक हेर्दा नेपालमा दैनिक […]
एकैदिन ७ हजार ६६४ कोरोना संक्रमित निको भए, १९३ जनाको मृत्यु
९ जेठ, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक संक्रमण दर र निको हुने दर बराबरी जस्तै छ। सोही अवधिमा नेपालमा ७ हजार ९ सय १४ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। १८ हजार ९ सय ६५ […]
छायाँश्वरी युवा क्लबद्वारा दोरम्बा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
७ जेठ, रामेछाप – छायाँश्वरी युवा क्लब दोरम्बा ६ लखनपुरले दोरम्बा गाँउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोभिड १९ को महामारीमा दोरम्बा गाउँपालिकाका लागि मास्क ८ हजार पीस, अक्सिमिटर ७पीस, थर्मल गन ७ पीस, सेनिटाइजर ३५६ लिटर ,सेनिटाइजर पम्म सेट ७ पिस, फेससिल्ड १८ पीस ,पन्जा ५० सेट क्लबको अध्यक्ष मिनेन्द्र दाहालले गाउँपालिका अध्यक्ष […]
अष्ट्रेलियाले कोभिडविरुद्धको प्रतिकार्यका लागि सहयोग गर्ने
७ जेठ, काठमाडौँ- अष्ट्रेलियाले कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई रू ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ । अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न उक्त रकम प्रदान गरिएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ । नेपालका स्थानीय तहमा आम नेपालीका बीच […]
अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण
७ जेठ, काठमाडौँ – नेपाली कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले बिहीबार पल्स अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन शुक्लाफाँटा नगरपालिकालाई हस्तान्तरण गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकालाई समितिका सभापति जयबहादुर बिष्टले प्रमुख दिलबहादुर ऐरलाई अक्सिमिटर र कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभयो । नगरपालिकालाई आठ थान अक्सिमिटर र तीन थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो । विश्वव्यापी […]



