Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

खेल

कोपा अमेरिकाअन्तर्गत आज दुई खेल हुँदै

असार ३, काठमाडौं– कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा कोलम्बियाले भेनेजुएलाको सामना गर्दैछ। उक्त खेल ब्राजिलको स्टाडियो ओलिम्पिको रंगशालामा नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा नेपाली समयअनुसार भोली बिहान ५ः४५ बजे घरेलु टोली ब्राजिल र पेरु भिड्दैछन्। उक्त खेल आयोजक राष्ट्र ब्राजिलको ओलम्पिक रंगशालामा हुनेछ। […]

युरोकपः आज समूह चरणका तीन खेल हुँदै

३ असार काठमाडौं– जारी युरोकप अन्तर्गत आज तीन खेल हुँदैछ । आजका तीन खेलमध्ये एक खेल समूह ‘बी’ र बाँकी दुई खेल समूह ‘सी’ का हुनेछन् । आजको पहिलो खेल समूह सी को युक्रेन र नर्थ मेसेडोनियाबीच रोमानीयाको बुखारेटमा रहेको नेशनल एरेनामा साँझ ६ः४५ देखि सुरु हुनेछ । पहिलो खेलमा पराजित रहेका दुवै टोली आज […]

इटाली युरो कपको अन्तिम १६ मा

३ असार, काठमाडौँ – युरोकप अन्तर्गत इटालीले स्वीट्जरल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इटालीले स्वीट्जरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो । इटालीका लागि म्यानुएल लोकेटेल्लीले २६औँ र ५२औँ मिनेटमा र सिरो इम्मोबिलले ८९औँ मिनेटमा गोल गरे । समूह ए मा रहेको इटालीले अघिल्लो खेलमा पनि टर्कीलाई ३-० ले नै हराएको […]

युरोकपः आज तीन खेल हुँदै, स्वीट्जरल्याण्ड र इटालीबीच हुने खेलमा दर्शकको आँखा

२ असार, काठमाडौं– जारी युरोकपको १६ औँ संस्करणमा आज तीन खेल हुँदैछन् । आज हुने पहिलो खेलमा फिनल्यान्ड र रसिया भिड्दैछन् । नेपाली समयअनुसार यो खेल साँझ ६ः४५ बजे सुरु हुँदैछ । यो खेल रसियाको सेन्ट पिटर्सवर्ग मैदानमा हुनेछ । पहिलो खेलमा पराजय बेहोरेको रसिया आजको खेलमा नवप्रवेशी फिनल्यान्डमाथि जित निकाल्ने दाउमा हुनेछ भने पहिलो […]

रोनाल्डोले कोकको बोतल हटाएर पानी पिउँदा कोकको सेयर मूल्यमा ४ अर्ब घाटा (भिडियोसहित)

एजेन्सी– पोर्चुगलका कप्तान रोनाल्डोले कोकका दुईओटा बोतल हटाएर पानी पिउँदा ठूलो घाटा व्यहोर्नु परेको छ । कप्तान रोनाल्डोको प्रि म्याच कन्फ्रेन्सका क्रममा हंगेरीमा भएको कार्यक्रमको उक्त कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बन्दा कोकले घाटा व्यहोरेको हो । भिडियोमा रोनाल्डोले कोकका दुईओटा बोतल हटाएर पानी पिएको देखिन्छ । रोनाल्डोको यो व्यवहारका कारण कोकले आफ्नो शेयर […]

नेपाल एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश, प्लेअफ खेल्नु नपर्ने

२ असार काठमाडौं– नेपालले एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्न पाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको नयाँ नियम अनुसार नेपालले तेस्रो चरणको खेल खेल्न पाउने भएको हो । नयाँ नियम जारी भएसँगै नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कपको छनोटका लागि प्लेअफ खेल्न नपर्ने भएको हो । एएफसीले आज […]

युरोकपः अघिल्ला दुई विश्वविजेताबिच ‘हेभिवेट’ भिडन्त, साविक युरोकप विजेता पोर्चुगल र हंगेरी भिड्दै

१ असार काठमाडौं– जारी युरोकपमा आज दुईओटा खेल हुँदैछन् । ‘गु्रप अफ डेथ’का रुपमा चिनिएको समूह एफ अन्तर्गतका युरोकपका प्रतिक्षित खेलहरु आज हुन लागेका हुन् । आज हुन लागेका दुई खेलमध्येमा पहिलो खेलमा साविक विजेता पोर्चुगल र हंगेरी प्रतिस्पर्धा गर्दैछन् । पहिलो खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि हंगेरीको पुस्कास एरेनामा सुरु हुनेछ । अघिल्लो […]

मेसीको उत्कृष्ट गोल तर अर्जेन्टिना बराबरीमा रोकियो

१ असार, काठमाडौँ – लियोनल मेसीले फ्री किकबाट उत्कृष्ट गोल गरे पनि अर्जेन्टिना कोपा अमेरिकाको समूह ‘ए’ को खेलमा चिलीसँग  १–१ को बराबरीमा रोकिएको छ । पहिलो हाफमा मेसीले फ्री किकबाट गोल गरेपछि एडुवार्डो भारगासले चिलीका लागि बराबरी गोल फर्काए । यसबीच आरटुरो भिडालको पेनाल्टी प्रहार गोलमा परिणत हुन सकेन ।      

कोपा अमेरिकामा आज दुई खेल हुँदै, पहिलो खेलमा दुई उपाधि दाबेदार आमनेसामने हुँदै

३१ जेठ, काठमाडौं– कोपा अमेरिका फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् । दुई खेलमध्ये पहिलो खेलमा फुटबलप्रेमीमाझ लोकप्रीय मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले बलियो दाबेदार चिलीको सामना गर्दैछ भने आजै हुने दोस्रो खेलमा पाराग्वेले बोलिभियाको सामना गर्दैछ । नेपाली समयअनुसार पहिलो खेल मंगलबार बिहानै २ः४५ देखि सुरु हुनेछ भने दोस्रो खेल बिहान ५ः४५ देखि सुरु हुनेछ […]

युरोकपकै बीच आजदेखि कोपा अमेरिकापनि सुरु हुँदै, फुटबलप्रेमीका लागि व्यस्त महिना

३० जेठ, काठमाडौं– फुटबलप्रेमीहरुमाझ लोकप्रीय युरोकप फुटबल प्रतियोगिता चलिरहेको छ । यूरोकप सुरु भएको केही दिन पनि नबित्दै दक्षिण अमेरिकी राष्ट्रहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका आजदेखि सुरुवात हुँदैछन् । युरोपका देशहरुको प्रतिष्ठित फुटबल युरोकप तेस्रो दिनमा आइपुगेको छ । यसै अवधिमा कोपा अमेरिका खेलहरु भने नेपाली समयअनुसार सोमबार बिहानैदेखि सुरुवात हुँदैछन्। दुई ठूला प्रतियोगिताहरु […]