Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

समाचार

प्रदिप ज्ञवालीको सेनापतिलाई प्रश्न, एसपीपीका लागि कसले अथोराइज गरेको थियो?

असार ३, काठमाडौँ -नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले कुन सरकारले सेनालाई एसपीपी कार्यक्रममा सहभागी हुन पत्र लेखेको हो भन्नेबारे प्रधानसेनापति प्रभुराम शर्मालाई प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा शुक्रबार एमाले सांसद ज्ञवालीले प्रधानसेनापतिलाई अहिले भ्रम रहेकाले स्पष्ट गर्नका लागि भनेर कुन सरकार र कुन प्रधानमन्त्रीले स्वीकार गर्न अनुमति दिएको हो भनेर सोध्नुभएको […]

बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ

३ असार, काठमाडौँ-एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् । गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात […]

विवादित ‘एसपीपी’बारे संसदीय समितिमा परराष्ट्रमन्त्री र प्रधानसेनापतिले जवाफ दिने

३ असार, काठमाडौँ -पछिल्लो समय विवादमा परेको अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे शुक्रबार संसदीय समितिमा छलफल हुने भएको छ । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले जवाफ दिनुहुने छ । छलफलका लागि परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति शर्मा संसदीय समितिको बैठकस्थलमा पुग्नु भएको छ । समितिले परराष्ट्र सचिव भरतराज […]

नेपालमा पनि मंकिपक्स भाइरस फेला

असार २ काठमाडौं – अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ। दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। भर्ना भएर उपचाररत ती व्‍यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ। चिकित्सकहरूका […]

वान कोरिया ग्लोबल क्याम्पीयन काठमाडौँमा सम्पन्न

१६ जेठ, काठमाडौँ – वान कोरिया ग्लोबल क्याम्पीयन अन्तर्गत ग्लोबल पीस कनक्लेभ (गोष्ठी) आइतबार काठमाडौँमा सम्पन्न भएको छ । ग्लोबल पीस एशोसियशन नेपालको आयोजना गरेको गोष्ठीमा नेपाल लगायत अमेरिका, अफ्रिका लगायतका युवा तथा पीस एड्भोकेटस्हरुको सहभागिता रहेको थियो । कार्यक्रममा डा. चिरन्जिवी भट्टराई, डा. रामचन्द्र पोखरेल र डेभिड काप्राले छुट्टा छुट्टै प्रस्तुती दिएका थिए । […]

तारा एयरको विमान लार्जुङको खोचमा दुर्घटना अवस्थामा भेटियो

१५ जेठ, काठमाडौँ -तारा एयरको विमान मुस्ताङको लार्जुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ। घाँसाभन्दा माथि लेते र त्यसमाथि लार्जुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए। उनले उडान भएको १८ मिनेटपछि जहाज सम्पर्कविहीन भएको बताए। पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि […]

बेपत्ता विमानका पाइलटको मोबाइलमा घण्टी गयो, लेते आसपासमा लोकेसन

१५ जेठ, काठमाडौं -पोखराबाट जोमसोम उडेको तारा एअरको नाइन एन–एइटी सम्पर्कविहीन जहाजको पाइलटको मोबाइलमा घण्टी गइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए। उनले मुस्ताङको टिटी लेक वरपर जहाजको पाइलटको मोबाइलको लोकेशन देखाएको बताएका हुन्। उनले भने, ‘हामीले सम्पर्क गर्दा जहाजका पाइलट प्रभाकर घिमिरेको फोनमा घण्टी गइरहेको छ। टिटी लेक लेते आसपासमा लोकेसन पनि पत्ता […]

को हुन् नव निर्वाचित काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह?

१३ जेठ, काठमाडौँ-बालेन शाहको वास्तविक नाम बालेन्द्र शाह भए पनि उनी बालेन शाहको नामले परिचित छन्। १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा जन्मिएका उनी हाल गैरिगाउँ, तिनकुनेका स्थायी बासिन्दा हुन्। आयुर्वेदिक चिकित्सक डा.राम नारायण शाह र धुव्रा देवी शाहका सन्तानका रुपमा जन्मिएका उनीको पुर्खाली थालो भने मधेश प्रदेशमा रहेको महोत्तरी जिल्ला हो। शाहको प्रारम्भिक अध्धयन […]

मोरङका ८ स्थानीय तहमा एमाले–कांग्रेस बराबर

१ जेठ, मोरङ– पछिल्लो समयको स्थानीय तहको निर्वाचनको मत परिणामअनुसार मोरङमा नेपाली कांग्रेस र एमालेले बराबरी वडा जितेका छन्। प्रदेश निर्वाचन कार्यालय विराटनगरको पछिल्लो प्राप्त मत गणनाअनुसार कांग्रेसले आठवटा वडामा जितेको छ भने नेकपा माओवादी केन्द्रले एक ठाउँमा जितेको छ। नेपाली कांग्रेसले कानेपोखरी गाउँपालिका वडा नम्बर १ रतनबहादुर कार्की, जहदा गाउँपालिका वडा नम्बर ७ मा […]

श्री एयरलाइन्सको जहाज इन्जिन फेल भएपछि आकस्मिक अवतरण

२८ वैशाख, काठमाडौं – काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ । […]