Date
बिहि, भदौ २७, २०८१
Thu, September 12, 2024

कला/साहित्य

गजल

गजल जिन्दगीको रहेन छ कुनै भर हजुर रहेछ यो बालुवामाथिको घर हजुर ।।१।। कहाँ पुगेर हुन्छ अन्त्य छैन टुंगो हुने रहेछ सधैं कालको डर हजुर ।।२।। जति सपना बुने पनि के गर्नु र पूरा गर्न ईश्वरलाई छैन कर हजुर ।।३।। एकमुठी खरानी उडाउँछ हावाले आज हो कि भोलि मात्रै चर हजुर ।।४।। आकाशमा उडिरहेको जहाज […]

त्यो मान्छे छिटै आउदै छ है

२२ पुस काठमाडोँ-भुपेन्द्रबहादुर भण्डारी (अनुराग)को डेव्यू निर्देशनमा निर्मित त्यो मान्छे… बोलको म्युजिक भिडियो अर्को साता रिलिज हुने भएको छ । जनसवाल मिडिया प्रालिको उत्पादन उक्त म्युजिक भिडियो सवाल मिडियाले बजारमा ल्याउन लागेको हो । नयनसिंह क्षेत्रीका शब्दलाई नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले स्वर भरेका हुन् । भिम विसीले संगीत भरेको गीतमा […]

लेखनमा निरन्तर खटिरहेका गीतकार मिश्र

गीतकार कुमार मिश्र २०५५/५६ देखि कविता, नाटक रूवाई हुँदै गीत लेखन थालेका सृजनशिल कलमजिबी हुन । २०५७ मा (शब्दको राइफल अक्षरका गोली) नामक कविता बाट झापा जिल्ला साहित्य संघ बाट सम्मानित मिश्र गजल लेखन मा पनि उत्तिकै सकृय छन । उनका २०५७/२०५९ सम्म हिमालय दर्पण, गर्खे पत्र र दार्जेलिँग क्रोनिकल बाट मासिक रुपमा गजल सङ्गै […]

प्रदीप रोदनको गजलकृति ‘मफलर’को विमोचन

काठमाडौँ – गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाण्डौको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित एक कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा साहित्यकार न्यौपानेले रोदनको यो कृति गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह रहेको बताउनुभयो । ‘जीवनलाई मथेर निकालिएको नौनी हो मफलर,’ […]

कवि तारकिणीको ‘बिगन रामको मादल’ कवितासंग्रहमाथि अन्तरक्रिया

काठमाडौँ – कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ । सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा कविरसाहित्यकार श्यामल, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, कविरसमीक्षक एवं प्राध्यापक गीता त्रिपाठी र लेखकरसमीक्षक राजकुमार बानियाँ लगायतले कृतिको विमोचन गर्नुभएको हो । विमोचनपछि कृतिमाथि समीक्षात्मक अन्तरक्रिया गरिएको थियो । प्रस्तोता राजकुमार […]

यस वर्षको मदन पुरस्कार डा. नवराज लम्साललाई प्रदान गरिने

काठमाडौँ – यस वर्षको मदन पुरस्कार ‘अग्नि’ महाकाव्यका लेखक डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले गुठीको साधारण सभाबाट लम्सालद्वारा लिखित ‘अग्नि’ लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो। यसैगरी, यस वर्षको जगदम्बा–श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको दीक्षितले बताउनुभयो […]

को हौ तिमि ?

बालेन्द्र तिमि को हौ ? अन्यायीहरुको राज्यमा छिरेका छौँ न्याय दिन्छु भन्दै रात भर दौडदै छौँ को हौ तिमि ? माया लाग्छ तिम्रो इक्षा शक्तिको, भगवानमा बहकिन्छु तर बुझ्दिन को हौ तिमि ? भगवान हौँ या मानव हिम्मत लिएका छौँ, जंगारहरुमा पनि मुसुक्क मुस्कुराई, काँडाका बिचमा टक्क उभिएर अन्धकारकै बिचबाट मधुरो उज्यालो किरण छर्दै कालो […]

शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’

५ असार, काठमाडौँ – कवयित्री शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’ बजारमा आएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गंगाप्रसाद उप्रेतीले सो कविता संग्रह विमोचन गर्नु भएको हो । कार्यक्रममा बोल्दै कवयित्री शर्माले आफ्नो जन्मभूमि सोलुखुम्बुको परिवेशलाई समेटेर सो कविता संग्रह रचना गरिएको बताउनु भयो । कविता संग्रहमा प्रेम, प्रकृति […]

कविता-याद

कविता याद उ बेला स्कुलमा गुरु आमाले याद गर्न दिनुहुन्थ्यो, धेरै कोशिस गर्दा पनि कति यादहरु छुटिजान्थे, आउँदै नआउने, म खुब कोशिश गर्थें आउँदैन्थ्ये, अहँ आउँदै आउदैन्थ्ये तर, आज त्यै याद खुब आउँछ आउँछ आइरहन्छ अझै आउँछ झन आउँछ कति आउँछ आउँछ कोशिश गर्छु कोशिशहरु गर्छु कति गर्छु–गर्छु सक्दिन, सक्दै सक्दिन हिजो पनि सकिँन आज […]

श्रीराम राईको ‘पोलेको मकै’ बजारमा

१३ कार्तिक, काठमाडौँ – खोटाङका स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, सिर्जनकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो। १० बर्से शिक्षण पेशा छाडी २०७२ सालदेखि काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा संग्रहमा ‘मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, […]